
एजेन्सी, २६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई अमेरिकाको करविरुद्ध चीनले लगाएको ३४ प्रतिशत प्रतिकर फिर्ता लिन चेतावनी दिएका छन्।
त्यसो नगरे अमेरिकाले अर्को ५० प्रतिशत अतिरिक्त शुल्क लगाउने उनले बताएको बीबीसीले उल्लेख गरेको छ।
आइतबार चीनले ट्रम्पको गत हप्ताको शुल्क लगाउने निर्णयविरुद्ध ३४ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेको थियो। अमेरिकाले न्यूनतम १० प्रतिशत शुल्क आफ्ना व्यापार साझेदारलाई लगाउने निर्णय गरेको थियो।
सोमबार सामाजिक सञ्जालमा ट्रम्पले मंगलबारसम्म प्रतिकर फिर्ता लिन वा अर्को ५० प्रतिशत आयात शुल्कको सामना गर्न समय दिएका छन्।
चीनको वाणिज्य मन्त्रालयले भने अमेरिकाले गल्तीमाथि गल्ती गरिरहेको टिप्पणी गरेको छ। ट्रम्पले ग्लोबल ट्यारिफ फिर्ता नहुने समेत स्पष्टोक्ति दिएका छन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


