
भनिन्छ नेपालमा हर कोही ब्यक्ति कुनै न कुनै समयमा ग्यास्ट्राइटिसबाट पडित हुन्छ । पेटको ‘ग्यास्ट्रिक म्युकोसा’ भनिने भित्री तह जल्ने, पोल्ने, खुइलिने समस्यालाई ग्यास्ट्राइटिस भनिन्छ ।
वाकवाकी लाग्ने नखाएपनि अघाएजस्तो हुने, पेट पोल्ने, नपच्ने मुटु पोल्ने भोक हराउने आदि ग्यास्ट्राइटिसका सामान्य लक्षणहरु हुन् ।
आउनुस् हेरौ ग्यास्ट्राइटिसबाट सरल तरिकाले मुक्ति कसरी पाउन सकिन्छ ।
१. पाचन प्रणाली पूर्ण रुपले स्वस्थ नहुँदासम्म दूधजन्य पदार्थबाट टाढा रहनुस् ।
२. शरीर अथवा पेटमा पानीको मात्रा प्रसस्त हुनु जरुरी हुन्छ । हरेक दिन कम्तिमा आठ ठूलो गिलासको भरी पानी पिउनुहोस् ।
३. पेटको जलन घटाउन हरेक दिन भिटामिन ई को ४०० आइ।यू। मात्रा लिनुस् ।
४. अदुवाको सेवनले अपाचन, ग्यास घटाउनुको साथै पेटको खुइलिएको भित्रको तह ‘ग्यास्ट्रिक म्युकेसा’ बनाउनपनि मद्दत गर्छ । यसले वाकवाकी घटाउँछ र पाचन प्रक्रिया स्वस्थ राख्छ ।
५. नरीवलको पानीमा प्रसस्त मात्रामा खनिज पदार्थ र पाचन प्रक्रिया स्वस्थ राख्ने पदार्थहरु पाइन्छन् । त्यसैल हरेक दिन यसको सेवन गर्नाले ग्यास्ट्राइटिस घटाउन मद्दत गर्छ ।
६. काँचो आलु लिएर त्यसलाई पिँधी त्यसको रस निकाल्नुस् र दिनको तीन पटक आधा कचौरा खाना खानु भन्दा १५ मिनेट अगाडि पउिनुस् । यो ग्यास्ट्राइटिस हराउने सर्वोत्कृष्ट तरिका हो ।
७. फलफूलका जुसले पनि ग्यास्ट्राइटिसको समस्या कम गर्न मद्दत गर्छ । त्यसैगरी कागतिको रसमा अलिकति नुन मिसाएर पिउनाले प्राकृतिक तरिकाले ग्यास्ट्राइटिस कम हुन्छ ।
८. मासु, अल्कोहल, सूर्तीजन्य पदार्थ, कफि, चिया, मसालेदार खाना, जङक खाना जस्ता खानेकुराबाट टाढै रहूँ ।
९. बिहान बेलुका हिड्ने स्वीमिङ गर्ने जस्ता हल्का शारीरिक कसरतमा ध्यानदिनुस् र मानसिक तनावबाट टाढा रहनुस् ।
१०. एकैचोटी धेरै खाना खानुभन्दा धेरै पटक कम वा थोरै थोरै खाना खानु उत्तम हुन्छ किनभने यसले तपाईको पेटलाई हल्का बनाउँछ र पाचन प्रकृयालाई सरल बनाउँछ ।एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।