भद्रपुर, २९ बैशाख । झापाको भद्रपुर नगरपालिका–९ स्थित जमदार चोकमा आगलागी हुँदा डेढ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आज दिउँसो भद्रपुर–९ जमदार चोककी गीता कार्की पौडेलको टिनको छाना र बाँसको टाँटीबेरा भएको भान्साघरमा विधुत सर्ट भई आगलागी हुँदा भान्साघर भित्र रहेको अन्नपात, भाडावर्तन, काँठपात पूण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट करिब १ लाख ५० हजार बराबरको क्षति भएको छ ।
Facebook Comments Box


