झापा, १ जेठ । प्रहरीले झापाको गौरीगञ्ज गाउँपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना कारोबारीलाई पक्राउ गरेको छ ।
गएराति ब्राउनसुगर र लागुऔषधसहित दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो ।
यस्तो छ घटना विवरण :
मिति २०८२।०१।३१ गते अ. १७:३० बजेको समयमा जिल्ला झापा गौरीगञ्ज गाउँपालिका वडा न.३ गौरीगञ्ज बजार स्थित BR37AJ9952 उल्लेखित भारतिय नम्बरको मोटरसाईकललाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक देश भारत किसनगञ्ज जिल्ला खनियाबा ७ फुलबरिया बस्ने वर्ष १९ को मोनाजिर आलमको साथबाट बरामद भएको POCO मोबाईलमा भारतिय नम्वरबाट लागुऔषधको भिडियो पठाएको भेटिएकोले नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागुऔषध देश भारत किसनगञ्ज जिल्ला खननियाबाद ०५ फत्तेपुर बस्ने बर्ष ५८ को भोला ठाकुर संग रहेको भनि जानकारी गराएको हुँदा निजलाई खोजतालास गर्ने क्रममा जिल्ला झापा गौरीगञ्ज गाउँपालिका वडा नं. ०३ स्थितबाट प्रतिब्धित लागुऔषध व्राउन सुगर (प्लाष्टिक सहित १०२.८१० ग्राम ) प्लाष्टिक बाहेक १००.०९० ग्राम ), Nitrazepam Tablets IP 10 mg १० पत्ता (१०० ट्यावलेट) र Codeine phosphate and triprolidine hydrochloride syrup 100 ml skuf २ बोतल सहित बरामद गरी उक्त लागुऔषध खरिद गर्न आउने व्यक्ती जिल्ला झापा दमक नगरपालिका वडा न.०५ बस्ने संजय भन्ने भुपेन्द्र राई समेत जिल्ला झापा गौरीगञ्ज गाउँपालिका वडा न. ०३ स्थितमा ना १ च ९१६२ नं को कार भित्र बसिरहेकोले अवस्थामा फेला पारी निजले लागुऔषध खरिद गर्न बोकेको नेपाली नगद रु.२,४३,५००।–(दुई लाख त्रीचालिस हजार पाँच सय रुपैया), साथमा भएको आईफोन मोवाईल २ थान, कारभित्र लागुऔषध नापतौल गर्न प्रयोग गर्ने डिजिटल तराजु १ थान सहित फेला पारी उक्त लागुऔषध नगद, तराजु उक्त नम्वरको कार, मोटरसाईकल र मोवाईल समेत वरामद गरी तिनै


