झापा, १ जेठ । इलाका प्रहरी प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले तीन जनालाई लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।
बुधबार प्रहरीले झापा बिर्तामोड–१ का २९ वर्षीय बिशाल शाक्य, २५ वर्षीय महमद सलाम देवान र इलाम माई नगरपालिका–८ का २७ वर्षीय श्री प्रसाद आङदेम्बेलाई लागू औषध खैरो हेरोईन २ सय ४० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।

त्यस्तै, मोरङको मोरङको बिराटनगर–१५ बाट लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ बेलबारी–७ का २२ वर्षीय रोशन राईलाई खैरो हिरोइन २ ग्राम १३ मिलिग्रामसहित पक्राउ गरेको छ । लागुऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box



