
भारत (एजेन्सी), ५ जेठ । भारतको महाराष्ट्रस्थित सोलापुरमा रहेको एक कारखानामा आगलागी हुँदा एकै परिवारका चार सदस्यसहित कम्तीमा आठ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार यस दुर्घटनामा मृत्यु हुनेमा तीन महिला र एक बच्चा रहेका छन्।
प्रारम्भिक रूपमा, यो दुर्घटनाको कारण सर्ट सर्किट भएको बताइएको छ। यो दुर्घटना सोलापुरको सेन्ट्रल टेक्सटाइल मिलमा भएको हो। दुर्घटनामा मृत्यु हुनेहरूमा कारखाना मालिक हाजी उस्मान हसनभाई मन्सुरी र उनको परिवारका तीन सदस्यहरू छन्, जसमा उनका डेढ वर्षको नाति पनि समावेश छ। दुर्घटनामा चार जना मजदुरको पनि मृत्यु भयो।
प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ। कार्यालयले लेखेको छ, ‘महाराष्ट्रको सोलापुरमा भएको आगलागी दुर्घटनामा परी मानिसहरूको मृत्यु भएकोमा हामी दुःखी छौँ।’
प्रधानमन्त्री कार्यालयले दुर्घटनामा मृत्यु भएकाहरूका आफन्तलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ र घाइतेहरूलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा पनि गरेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


