झापा, १५ जेठ । कर्मचारी मिलन केन्द्र झापाले आयोजना गरेको रक्तदानमा १०५ जनाले रक्तदान गरेका छन् । गणतन्त्र दिवस २०८२ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा ९७ जना पुरुष र आठ जना महिलाले रक्तदान गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा बुधबार भएको रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको मिलन केन्द्रका अध्यक्ष संजिवकुमार शाहले जानकारी दिए । उनले रगतको अभावले कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
रक्तदान कार्यक्रम जिल्ला प्रशासन कार्यालयको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी झापाको सहयोगमा सम्पन्न भएको हो ।


