झापा, १६ जेठ । झापाको मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी चोकको एक खाजा घरमा गएराति आगलागी भएको छ ।
धुलाबारीस्थित दिपक निरौलाको आफ्नै घरमा सञ्चालन गरेको खाजा घरमा अचानक विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट होटलमा रहेको फ्रिज, टिभी, विद्युतीय चुलो र विभिन्न सामानहरु जलेर नष्ट हुँदा एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगो नेपाल प्रहरी, स्थानियवासी र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा गएराति १०ः३५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको छ । साथै, अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


