झापा, १६ जेठ । झापा भद्रपुर नगरपालिका–४ स्थित झापा चोकबाट प्रहरीले लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँँदै गरेको ग ११ प ६०९५ नं. को मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–४ का २४ वर्षीय एल्बिज बस्नेतलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लास्टिकबाहेक ३ ग्राम ४८० मिलिग्राम फेला परेकोले उक्त लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


