झापा, २७ जेठ । झापाको मेचीनगर नगरपालिका–१ सुनारे टोलस्थित सिचाइ नहरमा एक पुरुषको शव फेला परेको छ। इलामको रोङ गाउँपालिका–६ निवासी ५६ वर्षीय भगिरथ तामाङ सिद्धी खोलाले बगाई ल्याएको अवस्थामा मृत फेला परेका हुन् ।
आज बिहान प्राप्त जानकारी अनुसार तामाङको शव मेचीनगर नगरपालिका–२ भृकुटीसम्म सिचाइका लागि लगिएको नहरको ढोकामा घोप्टो परेर अड्किएको अवस्थामा फेला परेको हो ।
घटना सम्बन्धमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी तिर्थेखोलाबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box


