ताप्लेजुङ, २१ जेठ । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्र लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ३२ वर्षीय अर्जुन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ २१ गते राती पौने १ बजे फक्क्तालुङ गाउँपालिका–३ स्थित फुपु योगमाया लिम्बुको घरमा पाहुना गएको अवस्थामा अर्जुन गुरुङ र उनको श्रीमती सरिता लिम्बु बीच सामान्य विवादको क्रममा झगडा भएकोमा फुपुले सम्झाई बुझाई दुबै जनालाई छिमेकी २८ वर्षीय तेजेन्द्र लिम्बुको साथ लगाई उनीहरुकै घर पठाएकोमा घर फर्कने क्रममा बाटोमा तेजेन्द्र लिम्बुलाई गुरुङले एक्कासी धारिलो हतियार खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना पश्चात फरार रहेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङ्लिङ–९ स्थित भिरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।


