झापा, २१ जेठ । झापाको बिर्तामोडमा हुन लागेको कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।
बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा आयोजना गर्न लागिएको प्रदर्शनीमा तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशीका संयोजक गणेश पोखरेलले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेकपा एमाले कोशीका इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले पार्टी चाहेको समृद्धिका लागि एउटा खम्बको रुपमा विज्ञान र प्रविििधलाई राखेको बताउनुभयो । प्रर्दशनी सबैको साझा भएको समेत उहाँले बताउनुभयो ।
प्रर्दशनीमा कोशी प्रदेशमा रहेका १२ जिल्लाका ७० विद्यालयले सहभागीता जनाउने भएका छन् । जेठ २४ देखि २६ गतेसम्म सञ्चालन हुने प्रर्दशनीमा झापाका माध्यमिक तहका तीन सय ९६ विद्यालयका विद्यार्थी सहित कोशी प्रदेशका एक लाख भन्दा बढी विद्यालर्थीले प्रर्दशनीको अवलोकन गर्ने आयोजकले जनाएको छ ।
प्रर्दशनीमा अप्रत्योगी २० वटा सशुल्क स्टलहरु रहने छन् भने एक सय बढी स्टल राखिने कार्यक्रम रहेको नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशीका संयोजक पोखरेलले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद ४ लाख, द्वितीय हुनेलाई तीन लाख, तृतीय हुनेलाई दुई लाख र सान्त्वना पुरस्कार एक लाख रुपैयाँ प्रदान गरिने छ भने प्रतिभा प्रोत्साहन पुरस्कार २५ वटा प्रदर्शनी टोलीलाई नगद २५ हजार रुपैयाँका दरले प्रदान गरिने जनाइएको छ ।
विद्यार्थीमा रहेको विज्ञान तथा प्रविधि सम्वन्धि खोज तथा अनुसन्धानलाई प्रस्तुत गर्ने, विद्यार्थीका मैलिक प्रकृतिका आविस्कार तथा अन्वेषणलाई प्रोत्साहन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको हो । प्रतियोगिताको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ ।
प्रदर्शनी सम्पन्न गर्न ४४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि पुरस्कार राशि मात्रै १६ बढी खर्च हुने आयोजकले जनाएको छ ।


