मेचीनगर, २१ जेठ । झापाको मेचीनगर–१५, ज्यामिरगढीस्थित सरिया बायोमास इनर्जी प्रालिको उद्योगमा आगलागी भएको छ ।
बुधबार बिहान उद्योगमा रहेको प्लाईको टुक्रामा आगलागी भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
उद्योगमा बिहान साढे ६ बजे आगलागी भएको जानकारी आउन साथ इलाका प्रहरी कार्यालय धुलाबारीका सहायक निरीक्षक गंगाराज राईको टोली, भद्रपुर र मेचीनगरको दमकलले आगो निभाउने प्रयास गरेको थियो ।
सरिया बायोमास इनर्जी प्रालिका सञ्चालक विवेक पुरीले बायोमास पेलेटबाट वीक्रेट (कोइला) बनाउन प्रयोग गरिने करिब साढे तीन सय गाडी काठको जवडा जलेर नष्ट भएको बताए । उद्योगमा भएको क्षतिको विवरण आएको छैन ।
Facebook Comments Box


