झापा, २२ जेठ । झापाको दमक नगरपालिका–७ पशुहाटडाँडास्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुबहाक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बुधवार साँझ दमकबाट केर्खातर्फ जाँदै गरेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमकतर्फ आउँदै गरेको प्र–१–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल एकआपसामा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दमक–४ का ३६ वर्षीय मिलन थापा गम्भीर घाइते भएका थिए । घाइते थापालाई उपचारको लागि आर्य न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रमम गएराति ८ः३८ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बस चालक गौरादह नगरपालिका–४ का ३२ वर्षीय सरकार टुडु र दुवै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


