झापा, २३ जेठ । अन्तराष्ट्रिय झापाली समाजले पाँचौ अधिवेशनको आगामी असोज २३ र २४ गते हुने भएको छ ।
समाजको कार्यसमितिको पूर्ण बैठकले यही असोज २३ र २४ गते (अक्टोवर ९ र १० तारिख) का दिन झापाको बिर्तामोडमा अधिवेशन गर्ने निर्णय गरेको समाजका अध्यक्ष मुकुन्द ढुंगानाले जानकारी दिनुभयो ।
अधिवेशन अन्तरगत असोज २३ गते बन्द सत्र हुनेछ भने २४ गते अधिवेशन हुनेछ । बैठकले अधिवेशन तयारीका लागि आवश्यक विभिन्न समितिहरु पनि गठन गरेको समाजका महासचिव नवीन पोखरेलले बताउनुभयो । अधिवेशनले सन् २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने उहाँले बताउनुभयो ।
२०१७ मा स्थापित अन्तराष्ट्रिय झापाली समाजले विभिन्न सामाजिक कार्यहरु बाहेक हालसम्म ४ वटा क्षेत्रीय सम्मेलन तथा ४ वटा अधिवेशनहरु सम्पन्न गरिसकेको छ । अधिवेशनमा सबै राष्ट्रिय समिति र विश्वभर रहेका झापालीहरुलाई प्रत्यक्ष सहभागिता जनाउन समाजले अपिलसमेत गरेको छ ।


