
झापा, २७ जेठ । भारतको मुम्बईमा विपरीत दिशा गुडिरहेका दुई रेल आपसमा नजिकै हुँदा खसेका यात्रुहरूमध्ये ४ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको मुम्ब्रा रेलवे स्टेसननजिकै सोमबार बिहान भएको उक्त दुर्घटनामा ४ जनाको मृत्यु र १३ यात्रु घाइते भएका हुन्। मृतकमा एकजना जीआरपी हवल्दार पनि छन्।
कसाराबाट आउँदै गरेको लोकल ट्रेनको गेटमा उभिएका यात्रुहरूको झोलामा सीएसएमटीतर्फ जाँदै गरेको अर्को ट्रेनले ठक्कर दिँदा यात्रुहरू भुइँमा खसेको बताइएको छ। कार्यालय समय भएकाले ती यात्रु रेलको गेटमा उभिरहेका थिए । मृतकमा केतन सरोज, राहुल गुप्ता, मयुर शाह र ठाणे सरकारी रेलवे प्रहरी (जीआरपी) का कन्स्टेबल विक्की मुखिद छन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


