झापा, १ असार । झापाको अर्जुनधारा नगरपालिकामा गएराति पौडी खेल्ने क्रममा डुबेर एक जना पुरुषको मृत्यु भएको छ ।
अर्जुनधारा–११ माता मन्दिरस्थित सीएम स्वीमिङ पुलमा काठमाडौं महानगरपालिका–१४ बाफल घर भई विगत दुई महिनादेखि बिर्तामोड बसपार्कमा बस्दै आएको ४० वर्षीय केशव पाठक पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
डुबेर घाइते भएका उनलाई साथीहरुले उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


