झापा, ४ असार । सुनसरी र धनकुटाबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार ३ गते इलाका प्रहरी कार्यालतय भाण्टाबारी, लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका–८ र १ बाट चेकजाँचको क्रममा ३ ग्राम ७०५ मिलिग्राम ब्राउनसुगरसहित सप्तरी महादेवाका २२ वर्षीय मुकेशकुमार मण्डल, २८ वर्षीय सन्तोषकुमार मण्डल र धनकुटा पाख्रिबास नगरपालिका–९ का २७ वर्षीय रोशन तिम्सिनालाई प्र १–०२–०५६ प ८०७४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
त्यस्तै, भोक्राहा नरसिंह गाउँपालिका–६ बाट धनकुटा छथर जोरपाटी गाउँपालिका–१ का २९ वर्षीय दिलिप गजमेर (विश्वकर्मा) लाई २३ ग्राम ३६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
त्यसैगरी, धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सहिदभूमि गाउँपालिका–२ का १९ वर्षीय सबिन राईलाई २ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।


