इटहरी, ४ असार । सुनसरीको धरानबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकल सेउती पुल नजिक मंगलबार दिउँसो दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।
प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई करिब ३ः३५ बजे कोशी लोकमार्गमा पल्टिएको थियो । दुर्घटनामा धनकुटा पाख्रिबास–४ का ५३ वर्षीय राजेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका छन् भने उनकी ४५ वर्षीया पत्नी हिरा मेघाको उपचारका क्रममा विराटनगरको आर्य न्युरो अस्पतालमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
Facebook Comments Box


