झापा, ५ असार । मोरङ विराटनगर महानगरपालिका–३ भित्रि सडक खण्डमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
असार ४ गते दिउँसो को १ क ९५३ नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०१–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक मोरङ सुन्दरहरैंचा–१२ का २० वर्षीय पृतम बजगाईं र स्कुटर पछाडि सवार ५० वर्षीय सुशील बजगाईंलाई तत्काल उपचारका लागि विराट टिचिङ्ग अस्पताल लगिएकोमा पछाडि सवार सुशील बजगाईंलाई चिकित्सकले चेकजाँचको क्रममा मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न टिपर चालक मोरङ कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कुलदिप चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


