झापा, ६ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।
आज राति देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना छ ।


