झापा, ६ असार । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको यात्रु बस पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले बगाएको छ ।
३८ जना यात्रु सवार भे १ ख ४०८५ नम्बरको बस गए राति करिब ११ बजेतिर बाढीले बगाएको हो । बस बाढीले बगाए पनि त्यसमा सवार तीन जना शिशुसहित ३८ जना यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए। बाढीले बगाएको बस घटनास्थलबाट एक किलोमिटर तल फेला परेको छ।
Facebook Comments Box


