झापा, ६ असार । कोशी प्रदेशले मोटरसाइकलको वार्षिक कर बढाएको छ । कोशी प्रदेशले सवारी साधन करको रूपमा लिँदै आएको कर बढाएको हो । यस अनुसार अब १२५ सीसीसम्मको कर यसअघि वार्षिक ३ हजार रुपैयाँ रहेकोमा एक सय रुपैयाँ बढाएर ३ हजार १ सय रुपैयाँ पुर्याइएको छ ।

त्यस्तै, १२५ देखि १५० सीसीसम्मको कर ५ हजार। रुपैयाँ रहेकोमा यसलाई बढाएर ५ हजार १ सय पुर्याइएको छ । १५० देखि २५० सीसीको मोटरसाइकलमा यसअघिको कर ६ हजार रुपैयाँ रहेकोमा यसलाई बढाएर ६ हजार २ सय रुपैयाँ पुर्याइएको छ ।



योभन्दा बढी क्षमताको लागि भने कर बढाइएको छैन । अहिले २५० भन्दा धेरै ४०० सीसीसम्मको मोटरसाइकलको लागि ११ हजार र सोभन्दा धेरै क्षमताको लागि वार्षिक २० हजार रुपैयाँ कर निर्धारण गरिएको छ ।
Facebook Comments Box


