
झापा, १२ असार । यस वर्षको एसइई परीक्षा नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयका अनुसार उत्तरपुस्तिका परीक्षण सकिएको छ र प्राप्ताङ्क इन्ट्रीको अन्तिम चरणमा काम भइरहेको छ ।
यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिए पनि शिक्षक आन्दोलनका कारण ढिलाइ भएको हो । गत वर्ष चैत ७–१९ गतेसम्म सञ्चालन भएको परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

Facebook Comments Box

