झापा, १३ असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमप्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा–हिमपातको सम्भावना छ । कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।
त्यस्तै, आज राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।
कोसी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा–हिमपातको सम्भावना छ ।


