झापा, १३ असार । सप्तरीको राजगढ गाउँपालिका–४ प्रिपाहीमा एक युवकको बीभत्स हत्या भएको छ ।
डाक्नेश्वरी नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको राजगढ गाउँपालिका–४ प्रिपाहीमा घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हत्या भएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ भने मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित घटना अनुसन्धानको लागि टोली खटिएको छ ।
Facebook Comments Box


