वीरगञ्ज, १३ असार । वीरगन्ज महानगरपालिका–२८ स्थित सडक खण्डमा आज दिउँसो ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सोही ट्याक्टरले च्यापिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
वीरगन्ज महानगरपालिका–२८ बगहीमा आज दिउँसो ट्र्याक्टर पल्टिँदा बगही निवासी स्थानीय पन्नालाल पटेलका १७ वर्षीय छोरा आकाश पटेल र राजेश पटेलका १८ वर्षीय छोरा गोलु पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा वीरगन्ज महानगरपालिका–२८ इनर्वाका १९ वर्षीय जयकुमार मण्डल गम्भीर घाइते भएको र उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगन्जमा पठाइएको प्रहरीले जनाएको छ ।
पर्साको भेडाहा खोलाबाट बालुवा लिएर बगही जाँदै गरेको नम्बर प्लेट मेटिएको ट्याक्टर आज दिउँसो २ बजेतिर अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको थियो ।


