मेष: घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचेजस्तो सफलता नमिल्ला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ।
वृष: धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुन सक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।
मिथुन: आफन्त र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।
कर्कट: वाणीमा कुशलता आउने दिन परेको छ। शुभकार्यको चर्चा चल्नेछ। माया प्रेममा समीपता बढ्नेछ। वैदेशिक काममा सफलता मिल्नेछ। धार्मिक आस्था बढेर जानेछ। सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ।
सिंह: गोप्य सूचना बाहिरिनाले समस्या निम्तिनेछ। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला। अरूको कुरामा चित्त नबुझ्दा विवाद पर्न सक्छ, संयमता अपनाउनु होला। आफन्तले सहयोग नै गर्नेछन्।
कन्या: आजको कामबाट प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्ला। कृषि कार्यमा सफल भइनेछ। छोटो समयमा विशेष उपलब्धि हासिल होला। प्रणय सम्बन्ध प्रगाढ हुनेछ।
तुला: सजिलै अरूको मन जित्न सकिनेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय छ।
वृश्चिक: मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
धनु: शरीरमा कमजोरी अनुभूति हुनेछ। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। कसैले झुटो आश्वासन दिन सक्छन्। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। साँझमा प्रियजनाको साथ मिल्नेछ।
मकर: दिन मनोरञ्जनपूर्ण रहनेछ। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। बिछोडिएको परिवारसँग पुनर्मिलन हुनेछ। मन मिल्ने साथीबाट हौसला मिल्नेछ। व्यावसायिक क्षेत्रबाट लाभ हुनेछ।
कुम्भ: अध्ययन अध्यापन सफल रहनेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। विलासी वस्तुको प्रयोग गर्न पाइनेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा बढी सफलता पाउनुहुनेछ।
मीन: शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। नयाँ कामका विभिन्न अवसर फेला पर्लान्। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।


