झापा, १८ असार । एएफसी महिला एसियन कप छनोट अन्तर्गत उज्बेकिस्तानको राजधानी तास्कन्दमा सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि ८–० को फराकिलो जित हासिल गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।
नेपालकी कप्तान सावित्रा भण्डारी ९साम्बा० को उत्कृष्ट प्रदर्शनसँगै नेपालले दोस्रो खेलमा पनि गोल वर्षा गर्यो । साम्बाले ह्याट्रिक सहित तीन गोल गरिन्, भने गीता रानाले दुई गोल तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक–एक गोल गरे ।



नेपालले खेलको सातौँ मिनेटमै अग्रता लिएको थियो—अनिता बस्नेतको कर्नर पासमा गीताले पहिलो गोल गरिन्। त्यसपछि साम्बाले लगातार दोस्रो ९२०औँ मिनेट० र तेस्रो गोल ९४२औँ मिनेट० गर्दै ह्याट्रिक पूरा गरिन्। पेनाल्टीमा गीताले दोस्रो गोल थपेपछि नेपालले सहज अग्रता बनायो।
दोस्रो हाफमा निशा थोकर, रेखा पौडेल र पूजा रानाले गोल थप्दै नेपालको विजय सुनिश्चित गरे। श्रीलङ्काले खेलमा खासै अवसर सिर्जना गर्न सकेन। यसअघि नेपालले लाओसलाई ९–० ले हराएको थियो।
दुई खेलमा ६ अङ्क जोडेको नेपाल शनिबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसँग भिड्नेछ। लगातार दोस्रो हार व्यहोरेको श्रीलङ्का पहिलो खेलमा उज्बेकिस्तानसँग १०–० ले पराजित भएको थियो।


