रौतहट, १९ असार । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा घरायसी विवादका कारण एक पुरुषले आफ्नै श्रीमतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्।
स्थानीय ३५ वर्षीय बच्चा मियाँले आफ्नी २३ वर्षीया श्रीमती सहिना खातुनमाथि मासु काट्ने हतियारले टाउको र घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको बारा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार तामाङले जानकारी दिए।
प्रहरीका अनुसार घटनामा संलग्न मियाँलाई प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको छ। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट इन्स्पेक्टर सुरेश राज भट्टको कमान्डमा खटिएको टोलीले प्रक्रिया अघि बढाएको बारा प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक विजयराज पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।


