मेष: परिवारजनको साथले नयाँ आशा पलाउनेछ। पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ। नयाँ काममा हात हाल्ने समय छ। मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला। परिवारमा मायाको कमी आउनेछ।
वृष: घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन्। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग हुनेछ। कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ। गरेको कार्यमा सफलता मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्नेछ।
मिथुन: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिएला। आम्दानी बढ्नेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। दाम्पत्य जीवन सुखद र समृद्ध बन्ने देखिन्छ।
कर्कट: स्वास्थ्य प्रतिकूल रहन सक्छ, अतः सचेत रहनु होला। किनमेल गर्दा विशेष सावधानी अपनाउनु पर्छ, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।
सिंह: रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ। मनोरञ्जनमा सहभागी भइएला। भ्रमणको योजना बन्नेछ। सेयर बजारको लगानी त्यति भरपर्दो रहन्न।
कन्या: धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
तुला: सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद यात्रा हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर छ। शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर मिल्नेछ।
वृश्चिक: स्वास्थ्य प्रतिकूल रहन सक्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। यात्रा कष्टकर हुन सक्छ, सचेत रहनु जरुरी छ। साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ।
धनु: कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। अतिथिका रूपमा सम्मान पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइनेछ। नयाँ क्षेत्रमा सफलता मिल्न सक्छ।
मकर: प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
कुम्भ: सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। मन मिल्ने साथीबाट सहयोग र हौसला मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। स्वास्थ्यमा सुधार आउला।
मीन: समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। समस्या समाधानका लागि चालिएका कदम निरर्थक हुन सक्छन्। बोलीको विपरीत अर्थ लाग्नेछ। स्वास्थ्य मापदण्ड अपनाउनु होला। साँझमा धनलाभ हुन सक्छ।


