
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बुधबारे, ३ माघ । झापाको बुद्धशान्तिमा पूर्वेली साप्ताहिक र जोइन्ट हेन्ड युथ सोसाइटीको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरमा शुक्रबार १६० बढीलाई निशुल्क स्वास्थ्य जाँच र औषधी वितरण गरिएको छ । विर्ता आयूर्वेदिक एण्ड फिजियोथेरापी सेन्टर बिर्तामोडको प्राविधिक सहयोगमा बुद्धशान्तिका वासिन्दाले स्वास्थ्य सेवा लिएका हुन् । जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्तिका अध्यक्ष सञ्जील प्रसाईंको संयोजकत्व, पूर्वेली साप्ताहिकका अध्यक्ष चन्द्रप्रकाश कोइरालाको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंको प्रमुख आतिथ्यतामा बुद्धशान्ति ३ बुधबारेमा स्वास्थ्य शिविर भएको हो । शिविरमा विर्ता आयूर्वेदिक एण्ड फिजियोथेरापी सेन्टर बिर्तामोडका थेरापिष्ट डा. भगवान शाह, कविराज कमल रिजाल, योगेश श्रेष्ठ र विवेक बाँस्तोलाको टोलीले स्वास्थ्य जाँच…
मोरङ, ३ माघ । मोरङको बेलवारी नगरपालिका(११ लक्ष्मीमार्गमा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बिहान साँढे ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १६ प १५९१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक झापा दमक(१ का २५ बर्षीय हरी बहादुर बि।क र पछाडी सवार रहेका कानेपोखरी गाउँपालिका(२ का २८ बर्षीय प्रेम दर्जी घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागि बिराटनगरको न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा प्रेम दर्जीको बिहान ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
सुनसरी, ३ माघ । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुतली टोल बस्ने डिक बहादुर थापाको ६ बर्षीय छोरा आयुष थापाको ट्रयाक्टरले किचेर मृत्यु भएको छ । बिहिवार अपरान्ह साँढे ४ बजेको समयमा राम बहादुर दुलालको घरमा रहेको को २ त ९६०७ नम्बरको ट्याक्टर ब्याक गरेर बाटोमा निकाल्ने क्रममा उक्त ट्याक्टरले किच्दा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी सव परिक्षणको लागि घोपा पठाएको छ भने चालक र ट्याक्टरलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, ३ माघ । झापाको कन्काई नगरपालिका-३ सुरुङगाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले सुरुङगाकै एक होटलमा बसेका मोरङको उर्लावारी नगरपालिका–१ का २५ बर्षीय नितेन कार्की र बिर्तामोड नगरपालिका–३ का ३९ बर्षीय राजन प्रसाद उप्रेतीलाई ३५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
नायिका प्रियंका कार्कीले १ वर्ष अघि इन्गेजमेन्ट गरेकी प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँग अन्ततः लगनगाँठो कस्ने भएकी छिन् । प्रियंका विबाहको मिति तय भएपछि आफ्ना साथीहरुसँग ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकी छिन् । प्रियंकाले थाइल्इाण्ड उड्नुअघि ‘गर्ल ग्याङ्ग’ सँग त्रिभुवन विमानस्थलमा उड्नै लागेको विमान अगाडीको तस्विर पोष्ट गरेकी थिइन् । उनले तस्विर पोष्ट गर्दै लेखेकी थिइन्, ‘अनुमान गर्नुहोस् त कसको विवाह हुँदैछ भनेररु’ उनले ५ जना सुन्दरीका बिचमा उभिएको तस्विर पोष्ट गरेकी थिइन् । त्यसको भोली पल्ट नै थाइल्याण्डबाट प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोली सहित ‘ब्याचलोरेट पार्टी’ मनाइरहेका तस्विर र भिडियो एकपछि अर्को…
अर्जुनधारा, ३ माघ । बेल्टार खानेपानी उपभोक्ता तथा सरसफाई समितिले विहीवारदेखि कार्यभार सम्हालेको छ । नवनिर्वाचित समितिलाई पदस्थापन गरिएको हो । समितिका नवनिर्वाचित पदाधिकारीलाई अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पद तथा गोपनियताको सपथ गराएका छन् । झापाको खुदुनावारीमा आयोजित कार्यक्रममा रानाले सपथ गराएका हुन् । सपथ ग्रहणपछि बोल्दै प्रमुख रानाले उपभोक्तासम्म गुणस्तरीय पानी वितरण गर्न समिति गम्भीर संवेदनशील बन्नुपर्ने बताए । ‘समितिले पानीको स्वच्छता, शुद्धता र पर्याप्ततामा ध्यान दिनुपर्छ’, रानाले भने । बेल्टार खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा योगेन्द्र आचार्य दोस्रो कार्यकालका लागि छनोट भएका छन् । यसअघि पनि उनको नेतृत्वको समतिले कुशलतापूर्वक काम गरेको थियो । समितिमा ईश्वर खवास,…
झापा, ३ माघ । स्थानीय तहमा जनप्रतिनिधि, केन्द्रबाट खटिएका प्रमुख प्रशासकीय अधिकृत, स्थानीय कर्मचारी, इन्जिनियर र ठेकेदारहरूको आपसी मिलेमतोबाटै भ्रष्टाचार बढ्दै र संस्थागत हुँदै गइरहेको अख्तियारको पछिल्लो अध्ययनले देखाएको छ । स्थानीय तहमा योजना निर्माणदेखि कार्यान्वयन तहसम्मै भ्रष्टाचार व्यापक रूपमा भइरहेको अख्तियारले औंल्याएको छ । अख्तियारले मुलुकका विभिन्न स्थानीय तहमा गरेको अध्ययन विश्लेषणले भ्रष्टाचार बढाउन मुख्य नेतृत्वमा रहेका जनप्रतिनिधि नै जिम्मेवार रहेको ठहर गरेको छ । अख्तियारले जनप्रतिनिधिलाई अनुगमन र नियन्त्रण गर्न मुख्य मन्त्रीको अध्यक्षतामा स्पेसल टास्क फोर्स बनाउनुपर्ने आवश्यकता औंल्याएको छ । सातै प्रदेशमा त्यस्तो टास्क फोर्स बनाएर अनुगमन थाल्न सकिएमा भ्रष्टाचारमा कमी आउन सक्ने अख्तियारको विश्लेषण छ ।…
तित्रा‘म ता मनेर् भएँ होउ केटा ! रुघा मर्गी चिसो सर्दीले भुतुक्कै बनाउने भो । खोकी उस्तै छ, एकछिन बिसाउन पाइँदैन । यो खोकी पनि उहिले पहिले त घाँटी घोक्राबाट लाग्थ्यो; अहिले त तल फोक्सैबाट चिल्चिलाएर आउँछ । खोक्न थालेपछि राल सिँगान हुन्छु, मान्छेले पनि छिःछिः दूरःदूरः गर्न थाले । चिसो सर्दी तोड्ने घरेलु दबाइ पनि खाएँ, तर द्वन्द्वकालमा बेपत्ता बनाइएका आफन्तबारे परिवारजनले सरकारसँग रोइ–कराइ गरेजस्तो मात्रै भयो; केही अत्तोपत्तो लागेन । एउटा उलाहा हाउडी फटाहाले कोदोको तेल झानेर खानु, चिसो च्वाट्टै जाती हुन्छ भन्यो; होलातानी भनेर खाएको… एक–दुई घण्टा त हो कि जस्तो भ’को थियो, त्यसपछि फेरि उस्तै ! अब के गनेर् है केटा…
सम्माननीय प्रधानमन्त्रीज्यू ! म राजनीति बुझ्ने प्रयास गरिरहेको एक सामान्य नेपाली नागरिक हूँ । राजनीतिले म र म जस्ता साधारण नागरिकको जीवनसँग पनि प्रत्यक्ष सरोकार राख्छ । सत्ताको बागडोर सम्हाल्नेहरूको जीवनको प्रमुख खर्च हामीले तिरेको करबाट धानिने हुनाले पनि मुलुकको राजनीतिप्रति हामीहरू आँखा चिम्लन सक्दैनौं । तपाईंको भनाइ वा योजनामा कटाक्ष गर्न मलाई कुनै रहर छैन र फुर्सद पनि । म निष्ठावान श्रमजीवी नागरिक हूँ । राज्यको कानून र करको दबाबको सम्मान गदैर् काम गरिरहेकै छु । विदेश जान नपाएर होइन, नचाहेरै देशमै श्रम गरेको हूँ । मैले ५–७ वर्ष अगाडि बनाएको पासपोर्ट दराजमा थन्काएर विदेश होइन, स्वदेशमै केही गरौं भन्ने भावनाका साथ संघर्ष गरिरहेको छु । हामी…
ताप्लेजुङ, २ माघ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मिक्लुङ स्थितमा रहेको निर्माणधिन सानिमा मिडिल तमोर हाइड्रोपावरमा काम गर्ने क्रममा १ जना चाईनिज कामदारको मृत्यु भएको छ । हिजो राती ११ बजेको समयमा चाईना अन्सुइ प्रदेश बस्ने ५१ वर्षीय को चाङस्याकन सिमेन्ट घोल्ने मिसिनमा च्यापिएर गम्भिर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।