झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दशैँमा रिलिज हुने भनिएको कमेडी फ्रान्चाइज फिल्म ‘छक्का पञ्जा ३’को पहिलो गीत रिलिज भएको छ। फिल्मको ‘पहिलो नम्बर’ मा बोलको लोकलयमा आधारित गीत रिलिज गरिएको हो। दीपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्दमा तयार भएको गीतमा डेभीड शंकर तथा बिन्दु परियारको स्वर रहेको छ। विवाहको परिदृश्यमा खिचिएको यस गीतका कोरियोग्राफर कविराज गहतराज हुने । दीपाश्री निरौला निर्देशित फिल्मको कथा तथा पटकथा दीपकराज गिरीले लेखेका हुन्। फिल्ममा अधिकाशं कलाकार अघिल्लै श्रृखंलाका छन् भने संजोग कोइराला तथा दीपिका प्रसाईं यस सिरिजमा थपिएका नयाँ कलाकार हुन्।

Read More

काठमाडौँ, १४ साउन । त्रिभुवन विश्वविद्यालयले आफू मातहतमा सञ्चालित वार्षिक परीक्षामा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीको पारिश्रमिकमा संशोधन गरेकोे छ । केन्द्रीय परीक्षा सञ्चालक समितिको सिफारिसअनुसार यही साउन २ गते सम्पन्न कार्यकारी परिषद्को बैठकले पारिश्रमिकमा नौ वर्षपछि संशोधन गरेको हो । संशोधित पारिश्रमिक साउन ६ गतेदेखि सञ्चालन भएको चारवर्षे स्नातक तह दोस्रो वर्षको परीक्षादेखि लागू भइसकेको त्रिविवि सूचना तथा जनसम्पर्क महाशाखाले आज विज्ञप्तिमार्फत् जनाएको छ । अब स्नातक तथा प्रवीणता प्रमाणपत्र तहको परीक्षामा केन्द्राध्यक्षको पारिश्रमिक रु ८०० पु¥याइएको छ । यसअधि रु ४५० रहेको थियो । सहायक केन्द्राध्यक्ष, निरीक्षकको दोब्बर अर्थात् क्रमशः रु ३०० बाट रु ६०० तथा २५०…

Read More

खुदुनाबारी, १४ साउन । केही दिनयताको वर्षाको कारण आएको बाढीले अर्जुनधारा–५ को एक घर जोखिममा परेको छ । अर्जुनधारा नगरपालिकाका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण उक्त अर्जुनधारा–५ स्थित फुलबारी निवासी अञ्जना उप्रेतीको घर जोखिममा परेका हो । त्यस्तै अर्जुनधारा–३ स्थित आइतबारे बजारमा पनि नदीनालामा पानीको बहाब बढेसँगै आशिक रुपमा बजार क्षेत्रमा पसेको छ । घर जोखिममा परेसँगै अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उक्त घर संरक्षणका लागि प्लाष्टिक जाली लगाई बाँध तत्काल कसिने प्रमुख रानाले बताए । यता आइतबारे बजार क्षेत्रको व्यवस्थापनका लागि पनि नगरपालिकाको ध्यान केन्द्रित भएको…

Read More

दमक, १४ साउन । झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा आज बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन् । इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो बसले को १ क २१५८ नं को हिमाली अंग्रेजी बोर्डिङ स्कुलको बसलाई आज बिहान स्थानीय पाडाजुंगी–गौरीगञ्ज सडकतर्फ मोड्दा ठक्कर दिएको थियो । यसरी घाइते हुनेमा दमक–१ का १४ वर्षीया सोनिया सुनाम, नौ वर्र्षीय आशिष सुनाम, दमक–६ का सात वर्षीय शिशिर धमला, दमक–८ का १० वर्षीय युजन सापकोटा र दमक–९ का ११ वर्षीय कृष्ण ताजपुरिया रहेको ट्राफिक प्रहरी नायब निरीक्षक विनोदकुमार खतिवडाले बताउनुभयो…

Read More

काठमाडौँ, १४ साउन । चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार २०७५ वैशाख १ गतेदेखि यही साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायत विपद्का घटनाबाट मृत्यु भएको हो । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शङ्करहरि आचार्यका अनुसार सो अवधिमा डुबेर २७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट ४३, वर्षात्बाट सात, लेक लाग्नुबाट १२ र चट्याङबाट ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३०९ पुरुष र १४६ महिला छन् । त्यस्तै विपद्का घटनामा परी ७२ जना बेपत्ता हुनाका साथै दुई हजार २३० जना घाइते भएका…

Read More

सान नेपाल गौरादह, १४ साउन । झापाको गौरादह–५ मा रहेको महारानी झोडा खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । जिल्ला खानेपानी कार्यालयको आर्थिक सहयोगमा ४५ लाख लिटर क्षमताको ट्यांकी निर्माण गरिएको हो । सम्पूर्ण तैयारी पूरा भएकोले अबको केही महिना भित्रमा उपभोक्ताको घरघरमा शुद्ध खानेपानी वितरण गरिने जनाइएको छ । हालसम्म ७३३ घरधुरीलाई सदस्यता विस्तार गरिएको तथा ३२ किमी पाइप र मजुवा, डोरामारी, तिसिया, दत्रुचौन, स्वामीचोक, मिलनचोक र चिउरामिल चोक लगायतका स्थान सम्म जडान गरिएको छ । करिब २१ लाख २५ हजारको जनसहभागिता बाट पाइप जडान कार्य भएको हो । पाइप बिस्तार कार्यको लागि प्रत्येक सदस्य बाट पहिलो चरणमा ३…

Read More

खुदुनाबारी, १४ साउन । शैक्षिक क्षेत्रमा चर्को शुल्क बृद्धिको विरोधमा अखिल र अखिल क्रान्तिकारीले संयुक्त रुपमा अर्जुनधारा नगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् । यी दुई संगठन दोस्रो चरणको आन्दोलनमा निस्केको जनाउँदै उनीहरुले नगर प्रमुख हरि कुमार रानालाई कार्यालयमा पुगी ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझेपछि प्रमुख रानालाई शैक्षिक गुणस्तर सुधार गर्ने आफू दृढ संकल्पित भएको बताउँदै नगरमा नियमन र निरीक्षण गर्नेका लागि व्यवस्थापन निर्माण गरेर अगाडि बढेको बताए । प्यासन र एनप्यासनले चरम शुल्क लिएको तथा एसइइ दिएर ११ र १२ मा पढ्न लागेका विद्यार्थीहरुलाई क्यापसहरुले चरम शुल्क लिने गरेको पाइएकाले त्यसलाई रोक्न आन्दोलन गर्नु परेको विद्यार्थी…

Read More

बिर्तामोड, १४ साउन । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कृषक सेयर सदस्यलाई सम्मान गरेको छ । कृषि क्षेत्रमा क्रियाशील सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले संस्थाले आज छैटौँ स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी २६ जना सेयर सदस्यलाई सम्मान गरेको हो । कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार सिवाकोटी, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल, सल्लाहकार भगीरथ आले लगायतले सदस्यलाई नगद, सम्मानपत्र र कोदालोसहित सम्मान गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि सिवाकोटीले सहकारीले कृषक सदस्यलाई सम्मान गरे रचनात्मक कार्य गरेको बताए । उनले नगरपालिकाले कृषि क्षेत्रमा विशेष जोड दिएको बताउँदै नगरलाई अग्र्यानिक…

Read More

ताप्लेजुङ, १४ साउन । सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा । तर सत्य हो ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पु¥याएर पितृ संस्कार गरेका छन् । गत आइतबार १३ दिनको काम सकिएको हो । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार सकिएको छ । ‘जसरी अरु संस्कार गरिन्छ त्यस्तै नै भयो, कुशको शव बनाएर खोलामा लग्यौं’, छोरी चण्डिकाले भन्नुभयो– ‘बुबाको सम्झना नै हराइसकेको छ, कस्तो हुनुहुन्थ्यो बिर्सिसक्यौं ।’ चण्डिकाभन्दा सानी १ बहिनी र ३ भाइ छन् । कृषि सामग्री संस्थान ताप्लेजुङमा कार्यरत उहाँ बढुवा भएपछि चाँगे गाउँ विकास समितिमा जागिर खान जानुभएको…

Read More

काठमाडौँ, १४ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्तारूढ नेकपाभित्रै अलमल छ । नेकपा नेताहरू निष्कर्षमा नपुगेकाले संसदीय सुनुवाइ समितिको आइतबारको बैठक केही सदस्य अनुपस्थित भएको प्राविधिक कारण देखाउँदै सोमबार दिउँसोसम्मका लागि स्थगन भएको छ । १५ सदस्यीय समितिमा सत्तारूढ दलका १० सांसद छन् । उनीहरूले चाहे जोशीको नाम अस्वीकारसमेत गर्न सक्छन् ।सांसदहरूको एकमत बनाउन र पार्टीको निष्कर्ष दिन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताले संसदीय सुनुवाइका क्रममा जोशीमाथि उठेका प्रश्न र समितिमा रहेका दलका सांसदहरूको राय बुझिरहेका छन् । शैक्षिक प्रमाणपत्र र केही फैसलाहरूमा प्रश्न उठेको, समितिमा…

Read More