
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, २० मङ्सिर । म्याक्स इण्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले ‘छोरी बचाउ अभियान’ सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत बुधबारदेखि यस अस्पतालमा छोरी जन्माउने नर्मल डेलिभरी तथा शल्यक्रियावापत लाग्ने सम्पूर्ण खर्च निःशुल्क गरेको अस्पतालका अध्यक्ष शत्रुघन यादवले बताउनुभयो । उक्त अस्पतालले ज्येष्ठ नागरिक सम्मान सेवा कार्यक्रम पनि सञ्चालन गरेको छ । सो बमोजिम ७० वर्ष र सो भन्दा माथिका ज्येष्ठ नागरिकलाई अस्पतालको सेवामा २५ प्रतिशत छुटको व्यवस्था गर्नाका साथै शहीद परिवार सम्मान सेवाअन्तर्गत विभिन्न चरणका आन्दोलनमा घाइते÷अङ्गभङ्ग भएका तथा शहीद परिवारलाई अस्पतालको सबै सेवामा २५ प्रतिशत छुटको घोषणा गरिएको बुधबार यहाँ आयोजित र सम्मेलनमा जनकारी दिइयो । आफ्ना सेवाहरु विस्तार…
विराटनगर, २० मङ्सिर । सन् २०१८ को एघार महीनामा प्रदेश नं। १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ । हत्या हुनेहरूमा २०महिला, दुई बालिका, एक बालक, पाँच नवजात शिशु र २६पुरुष रहेका छन् । तीन पुरुषको भने गोली प्रहारबाट हत्या भएको थियो । सो अवधिमा प्रदेशभर राज्यपक्षबाट ४९ सहित ७५० पीडित भएकामा सबैभन्दा बढी बलात्कारबाट २२० र बलात्कार प्रयासबाट ९९ पीडित भएका थिए । यसैगरी घरेलु हिंसामा १४१, कुटपिट घाइते ६६, बहुविवाहबाट…
नेकपा नेता नगेन्द्र भण्डारीले २०४६ सालको जनआन्दोलन भन्दा अघिदेखि नै अखिल विद्यार्थी संगठनबाट सक्रिय राजनीतिक जीवन शुरु गर्नु भएको हो । गौरादह नगरपालिका वडा नं. १ बाट अध्यक्ष पदमा निर्वाचित भई हाल नगर प्रवक्ताको पदमा हुनुहुन्छ । भण्डारी नगरपलिकाका जनप्रतितिधिहरु बीच सदैव नेतृत्वदायी भूमिकामा रहँदै आउनुभएको छ । प्रधानमन्त्री केपी ओलीका प्रिय पात्र मानिने भण्डारी विधि र पद्धतिको जगबाट मात्र नगरलाई समृद्ध बनाउन सकिन्छ भन्ने विस्वास राख्नुहुन्छ । प्रस्तुत छ झापा अनलाइनका सम्वाददाता सान नेपालले उहाँसँग गर्नुभएको कुराकानी– नगरमा बहुमतका आधारमा नगरप्रमुखलाई नै वाइपास गरिँदैछ नि ! निर्वाचन जितेपछि हामी सबै जनताका साझा प्रतिनिधि हौँ । हामीले मेयर सावलाई वाइपास…
मोरङ, २० मंसिर । मोरङको उर्लाबारीका ३५ वर्षे यज्ञबहादुर कटुवाल स्कुल बसका चालक हुन् । तर उनको अनौठो क्षमता देखेर धेरै दंग पर्छन् । केही महिनायता युट्यूवमा उनको भिडियो चर्चामा थियो । उनै कटुवालको बारेमा ‘डेली मेल डटकम’ले लामो समाचार बनाएको छ । जिब्रोले निधार र आँखिभौँ छुने, चिउँडोले नाक छोप्ने क्षमताबाटै चिनिएका हुन् उनी । तर यस्तो क्षमताको अभ्यास गर्दा उनलाई देख्ने स्कुले बालबालिका डरले भाग्छन् रे । कटवाल चिउँडोले नाक छोप्दा बालबालिकाहरु डरले पिसाव नै फेर्ने दावी गर्छन् । साथै बयष्कलाई समेत आफ्नो क्षमताबाट तर्साउनसक्ने बताउँछन् कटवाल । एउटा मात्रै दाँत भएका यज्ञबहादुर आफ्नो अनौठो क्षमताकै आधारमा ‘गिनिज…
काठमाडौँ, २० मंसिर । मानव तस्करीमा संलग्न भएको आरोपप्रति गम्भीर हुँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राजदूत नै मानव तस्करीमा लागेको जस्तो गम्भीर आरोपमाथि सरकारले अनुसन्धान नगर्नु र मौनता राख्नु अझ गम्भीर विषय भएको जनाउनुभएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
काठमाडौं, २० मंसिर । प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा दुई वरिष्ठ न्यायाधीशबीच रस्साकस्सी चलेको छ । प्रधानन्यायाधीश छनौटका लागि शनिवार परिषद् बैठक बस्दै छ । यसअघि सोमबार बसेको बैठक थप अध्ययनका लागि भनेर टुंगिएको थियो । न्यायापालिकाको नयाँ नेतृत्वका लागि न्यायपरिषद्ले सर्वोच्चका लागि वरिष्ठ न्यायाधीश दिपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम दोहोर्याएर संवैधानिक परिषद् मा पठाएको छ । यसघघि पनि हालका प्रधानन्यायाधीश आमप्रकाश मिश्रसहित तीनै जनाको नाम पठाईएको थियो । प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीश राणा र जोशी दुवैले आफ्ना निकट सम्पर्क व्यक्तिमार्फत पहल गरिरहेको परिषद् निकट स्रोतले जनाएको छ । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
काठमाडौं, २० मंसिर । उच्च अदालत चुलसीपुरको नेपालगन्ज ईजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसुचीमा नराख्न आदेश दिएको छ । अदालतले धरौटीवापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा विषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो । नेपालगन्ज ईजलासका न्यायाधी विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त ईजलासले गत बुधबार उक्त आदेश दिएको हो । पप्पु कन्स्ट्रक्सनका सुनित रौनियारले उच्च अदालतमा रिट दायर गरेका थिए । उनले सिक्टा सिँचाई आयोजनाले कम्पनीलाई कालोसुचीमा राखेर बैंक धरौटी झिक्न खाजेको दाबीसहित सिक्टा र त्यहाँका अधिकारीलाई निपक्षी बनाएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
नयाँदिल्ली, २० मंसिर । नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम सेल्टर होम बाट शनिबार मध्यरातिदेखि हराईरहेका आठ नेपाली महिलाको अवस्था अज्ञात छ । उनीहरु गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए । स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक बर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरुलाई त्यसअघि द्धाराकास्थित अर्को आश्रलयमा राखिएको थियो । नेपाली महिलाको अवस्था पनि अज्ञात छ । आश्रममा बालिका तथा महिला गरी ८० जना बस्दै आएका थिए । चौबीसै घण्टा सीसीटिभी क्यामराको निगरानी र तारबारसहित अग्लो पर्खाल लगाईएको ठाउँबाट बेपत्ता हुनुलाई रहस्यमय ठानिएको छ ।, आजको कान्तिपुर दैनिकमा खबर छ ।
मेचीनगर, २० मंसिर । दार्जीलिङको पानीघट्टामा जारी गोल्ड कप अन्र्तगत मंगलबार भएको खेलमा न्यू स्टार क्लब काँकरभिट्टा विजयी भएको छ । दार्जिलिङ रङगोल फुटबल क्लवलाई ४–५ गोल अन्तरले पराजित गर्दै न्यू स्टार विजयी भएको हो । निर्धारित समयअवधिभर दुवै टिमका तर्फबाट गोल हुन नसकेपछि खेल बराबरीमा रोकियो । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । अब डिसेम्बर १० तारिख हुने क्वाटर फाइनल खेलमा न्यू स्टार र एम.एम. एफसी निरपानीयाँबीच प्रतिस्पर्धा हुनेछ । पानीघट्टा गेम्स एण्ड स्पोर्टस एशोसिएशनद्धारा आयोजित सो प्रतियोगिताको फाइनल खेल डिसेम्बर २३ तारिख हुने एशोसिएशनका अध्यक्ष जितमान तामाङले बताए । यही डिसेम्बर २ तारिखबाट सुरु प्रतियोगितामा नेपाल र…
काठमाडौँ, २० मंसिर । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौँमा र तीन महेन्द्रनगरमा । सामूहिक बलात्कार गरेको आशंकामा छिमेकी प्रदीप रावल काठमाडौँ आएपछि पक्राउ परेका हुन् । केही युवकले गल्ती आफूहरुले गरेको , तर प्रहरीले अरुलाई दुख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै कुरा गरेको स्थानीयले न्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए । तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदिपलाई काठमाडौँ र…