झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, १९ मंसिर । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार गेटबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो २ः३० बजे खैरो हेरोइनसहित झापा बाह्रदशी गाउँपालिका–७ बस्ने हेमन्त राजवंशी र बिर्तामोड नगरपालिका–२ का जनक सुन्दासलाई पक्राउ गरेको हो । मे ५ प ३६३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङकीमा प्लाष्टिकमा पोको पारेर सेतो टेपले बाँधेर लुकाई छिपाई राखेको अवस्थामा ४ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखि थप…

Read More

विराटनगर, १९ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई आई केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल नेत्र ज्योति सङ्घले शुरु गरेको स्कूलका बालबालिकामा देखिने दृष्टि दोष निवारण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आँखा परीक्षणको क्षेत्रमा प्रदेशको अस्थायी राजधानी विराटनगर आगाडि रहेको बताउनुभयो । मुख्यमन्त्री राईले अन्य रोगको उपचारका लागि नेपाली जनता भारतलगायत अन्य देशमा जानुपर्ने बाध्यता रहे पनि आँखा परीक्षणका लागि वर्षेनी भारतबाट लाखौँको सङ्ख्यामा बिरामी विराटनगर आउने गरेकाले पनि यस क्षेत्रलाई आई केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । मोरङ र सुनसरीका स्कूलका बालबालिकाको निःशुल्क आँखा जाँच कार्यक्रम आजदेखि शुरु गरिएको…

Read More

सन्तोष शर्मा झापा, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महा मन्त्री राजेन्द्र लिङ्देनले राजनीतिक दलका कारण नेपालमा हिन्दूधर्ममाथि संकट आएको बताउनुभएको छ । राप्रपा झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री लिङ्देनले त्यस्तो बताउनुभएको हो । ‘राजनीतिक दलका कारण मुलुकमा हिन्दूधर्ममाथि संकट आएको छ’, उहाँले भन्नुभयो, ‘यो संटकलाई राजनीतिक दलले नै हटाउनु पर्छ, राप्रपा हिन्दूधर्मको रक्षाका लागि जे पनि गर्न तयार छ ।’ महामन्त्री लिङ्देनले सरकार विदेशी धर्म प्रबधर्नमा लागेको आरोप लगाउनुभयो । त्यस्तै राप्रापाले हिन्दू धर्मको रक्षाका लागि देशव्यापी रुपमा ‘राष्ट्रिय हिन्दू राष्ट्र जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ । पार्टीले यही मंसिर २२ गतेदेखि देशव्यापी रुपमा जनजागरण…

Read More

पाँचथर, १९ मंसिर । पाँचथरको फिदिम नगरपालिका(३ लाकीखर्कमा मंगलवार मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । अपरान्ह सवा ४ बजेको समयमा मेची राजमार्ग अन्तर्गत बिर्तामोडबाट फिदिम तर्फ जाँदै गरेको बा ९५ प ९३१९ को मोटरसाईकलले सोही स्थान बस्ने पैदलयात्री वर्ष ४५ की विमला कुमारी राईलाई ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल पाँचथर हुँदै थप उपचारको लागि बिर्तामोड लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्यसैगरी मोटरसाईकलको पछाडी सवार सोही ठाउँ बस्ने वर्ष २८ को संगम योङाहाङ समेत घाइते भई पाथिभरा अस्पताल पाँचथरमा उपचार भईरहेको छ…

Read More

बिर्तामोड, १९ मंसिर । झापाको मेचीनगर–६ स्थित मेची भन्सार कार्यालय गेटबाटै प्रहरीले लागूऔषध टिडी जेसिकसहित आज २ जना युवकलाई पक्राउ गरेको छ । लागूऔषध डाईजेपाम २५ एम्पुल, फेनारागन २५ एम्पुल र लुपिजेसिक २५ एम्पुल सहित दमक नगरपालिका–४ का २२ वर्षीय सुमन धिमाल र सोही स्थानका १८ वर्षीय विजय श्रेष्ठलाई पक्राउ गरिएको जिप्रका झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले आज दिउँसो १ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध बरामद गरिएको हो । बरामद लागूऔषधसहित दुवै जनालाई इप्रका काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिप्रका झापाले जनाएको छ…

Read More

अर्जुनधारा, १९ मंसिर । महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा स्वस्थ, समृद्व राष्ट्र निर्माणमा टेवा भन्ने मूल नाराका साथ आज १५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवस अर्जुनधारा नगरमा मनाइएको छ । उक्त दिवसको अवसरमा अर्जुनधारा नगर क्षेत्रमा कार्यरत महिला स्वास्थ्य सेविका अवकास ४० हजार रुपैंया पाउने घोषणा समेत नगर प्रमुख रानाले गरेका छन् । स्वास्थ्य स्वयंसेविकाहरुले नगरबाट २० हजार रुपैंया र शशर्त अनुदानबाट २० हजार रुपैंया गरी ४० हजार रुपैंया पाउने भएको नगर स्वास्थ्य सह–संयोजक मिश्रीलाल शर्माले जानकारी दिए । उक्त दिवसको अवसरमा प्राथमिक उपचार किट ( फस्टएज एड बक्स ) समेत स्वास्थ्य सेविकाहरुलाई नगर प्रमुख हरि कुमार राना…

Read More

भद्रपुर, १९ मङ्सिर । झापाको मेचीनगरमा रहेको एनएमसी डेरी उद्योगले स्थानीय पुनःस्थापना गृहमा आश्रित ३० जना शारीरिकरूपमा अशक्त बालबालिकालाई निःशुल्क दूध दिन थालेको छ । समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति मेचीनगरद्वारा सञ्चालित सो पुनःस्थापना गृहमा शारीरिक अशक्त बालबालिकासहित ३० जनालाई आवास र पठनपाठनको व्यवस्था छ । डेरी उद्योगका अध्यक्ष रामचन्द्र उप्रेतीले सामाजिक उत्तरदायित्व अन्तर्गत डेरीले एक वर्षसम्म दूध उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो । प्रतिव्यक्ति दुई सय मिलिलिटरका दरले दैनिक ६ लिटर प्रशोधित दूध उनीहरूका लागि दिने गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । समितिका अध्यक्ष धर्मराज घिमिरेले दाताको सहयोगमा शारीरिक अशक्त बालबालिकाको भरणपोषण र शिक्षादीक्षा चलिरहेको बताउँदै…

Read More

विराटनगर, १९ मङ्सिर । मोरङमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न सडक योजनामा कूल १४ करोड ४० लाख ३२ हजार खर्च भएको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार बडङ्गा आमबारी उर्लाबारी सडकमा रु पाँच करोड १६ लाख ९८ हजार, रङ्गेली रोडको रामचोकबाट नहरको बाटो हँुदै सीमा सडकसम्मको बाटोमा रु एक करोड १६ लाख २३ हजार, तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रममा रु छ करोड ३३ लाख २१ हजार, स्थानीय सडक पुल निर्माणमा रु ४५ लाख ८६ हजार, रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसामा रु २० लाख खर्च भएको छ । यस्तै, कोशी राजमार्गको तरहरा–भेडेटारमा रु १० लाख…

Read More

काठमाडौँ, १९ मङ्सिर । बालाचतुर्दशीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म दुर्लभ एकमुखे रुद्राक्ष र नागमणि प्रदर्शनीमा राखिएको छ । बहुमूल्य यी सामग्री प्रत्येक वर्ष बालाचतुर्दशीका अवसरमा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन ढुकुटीबाट निकाल्दा र मार्गशीर्ष कृष्ण औँसीका दिन थन्क्याउँदा सर्वसाधारणलाई दर्शन दिने गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । हजारौं भक्तजन आज बिहान पशुपतिमा एकमुखे रुद्राक्ष र नागमणि हेर्न उपस्थित भएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । औँसीका दिन शुक्रबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म पुनः प्रदर्शन गरिने उहाँले सुनाउनुभयो । बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप…

Read More

बलिउड नायिका प्रियंका चोपडा र निक जोनसको भव्य बिहे पार्टी दिल्लीमा सम्पन्न भएको छ । प्रियंका र निकको बिहे पार्टीमा शुभकामना दिनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगे । उनी र नायिका चोपडाको गफगाफको भिडियो अहिले भाइरल भैरहेको छ । मोदीले प्रियंका र निकलाई वधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा प्रधानमन्त्री मोदीले प्रियंकाको परिवारसँग पनि भेटघाट गरेका थिए । बिहे अगाडि नै प्रियंका मोदीलाई बिहेको निम्तो दिन पुगेकी थिइन् । यसअघि मोदीले नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको बिहे पार्टीमा पनि सहभागीता जनाएका थिए । यसपछि उनी बलिउडकी अर्की नायिकाको बिहे पार्टीमा पुगेका हुन् । निक…

Read More