झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, १ मङ्सिर । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले मुलुक परिवर्तनमा मुस्लिम समुदायको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । झापाको कुमरखोदमा मुस्लिम समाज, झापा गाउँपालिकाले आज आयोजना गरेको ‘मुस्लिम उत्थान तथा सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मुलुकको राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनका लागि मुस्लिम समुदायले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । ‘देश परिवर्तनमा मुस्लिम समुदायको भूमिका महत्वपूर्ण छ’, उहाँले भन्नुभयो, ‘तर, उनीहरु राज्यको मूलधारमा आउन सकेका छैनन्, मस्लिम समुदायको उत्थानबिना मुलुक समृद्धि बन्न सक्दैन ।’ सरकारले मुस्लिम समुदायको शैक्षिक, आर्थिक, राजनीतिक लगायत पक्षको सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड समेत दिनुभयो । प्रदेश नं. २…

Read More

काठमाडौँ, १ मङ्सिर । आज राति सिंह राशिबाट उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । १ः३० बजे सबैभन्दा धेरै उल्का वर्षा भएको स्पष्टरुपमा देखिने उहाँको भनाइ छ । आज ११ः४५ बजे आकाश मण्डलमा सिंह उदाउने सोसाइटीले जनाएको छ । आकाश मण्डलमा ग्रह, नक्षत्र, राशिको उल्का वर्षा हुनु नियमित प्रक्रिया भएको जनाइएको छ ।

Read More

काठमाडौँ, १ मङ्सिर । वैदेशिक रोजगार कार्यालय ताहाचलले आज शानिबारसमेत पुनः श्रम स्वीकृति जारी गरेको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालयमा आएका ५२५ जनालाई श्रम स्वीकृति प्रदान गरेको कार्यालय प्रमुख युवराज खतिवडाले जानकारी दिनुभयो । चाडपर्व सकिएसँगै वैदेशिक रोजगारीका क्रममा विदेशिने युवाको चाप बढेकाले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गरिएको उहाँले बताउनुभयो । नेपाल सरकारले रोजगारीका लागि खुला गरेको १७२ देशमा कामका लागि जाने नेपालीलाई उक्त कार्यालयले व्यक्तिगत र संस्थागत श्रम स्वीकृति जारी गर्दै आएको छ । हाल दैनिक एक हजारभन्दा बढीले नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति लिने गरेका कार्यालयले जनाएको छ ।

Read More

इनरुवा, १ मङ्सिर । सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित आज तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नं ४ बस्ने रञ्जीतकुमार मुखिया, जिल्ला सुपौल भवानीपुर–७ का १८ वर्षीय विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षीय सुमितकुमार गोइत रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर र ८ हरिपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल हरिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा खटिएको टोलीले कोशी गाउँपालिका–८ भण्टाबारीबाट रञ्जीतकुमार मुखियालाई पक्राउ गरेको छ भने…

Read More

बुधबारे, १ मंसिर । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा समाज बुद्धशान्तिको आयोजना तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य प्रायोजन र झापा जिल्ला भलिबल संघको प्राविधिक सहयोग प्रतियोगिता हुन लागेको प्रतियोगिता मुल आयोजक समितिका संयोजक सन्तोष कुमार ढकालले जानकारी दिए । प्रतियोगितामा आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्ति सहित झापा, मोरङ, खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजङ, नेपाल प्रहरी, शसस्त्र प्रहरी र धनकुटा गरी १० टोलीको सहभागिता रहने आयोजकका प्रचार संयोजक अनिल वाग्लले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफि उपविजेताले ५० हजार सहित ट्रफी पाउने छन् भने प्रतियोगितामा…

Read More

उर्लाबारी, १ मङ्सिर । सङ्घीय सांसद क्षेत्र विकास कोषअन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा १९ वटा योजना छनोट गरिएको छ । क्षेत्र विकास कोष सञ्चालन निर्देशिका अनुसार सडक, नदी नियन्त्रण एवं भौतिक पूर्वाधारका योजना छनोट गरिएको जिल्ला समन्वय समिति मोरङले जनाएको छ । छनोटमा परेका योजनामा केराबारी गाउँपालिकामा केराबारी– सिन्दूरे समला पार्टी गाउँ सडक स्तरोन्नतिका लागि रु ५० लाख, फाइवा– फुर्केटार सडक निर्माणका लागि रु १४ लाख, लोहन्द्रा नदी तटबन्धका लागि रु १५ लाख, साँघुटार खोला कल्भर्ट निर्माणका लागि रु ११ लाख, खदम क्याम्पसको भौतिक निर्माणका लागि रु १० लाख विनियोजन गरिएको छ । यसैगरी लेटाङ नगरपालिकामा बुद्ध मार्ग घिमिरे…

Read More

बनियानी, १ मंसिर । कृषकलाई धान काट्ने चटारो रहेका बेला झापाको बिर्तामोड नगरपालिकाले कृषकलाई धान काट्ने मेसिन प्रदान गरेको छ । ‘कृषिमा आधुनिकीकरण कार्यक्रम’ अन्तरगत नगरपालिकाका ४ वडाका कृषक समूह र कृषि सहकारीलाई ८ थान धान काट्ने मेसिन (रिपर) प्रदान गरिएको नगरपालिकाका कृषि शाखा अधिकृत राजेन्द्र कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार बिर्तामोडको वडा नं. २ मा १ थान, वडा नं. ७ मा ४ थान, वडा नं. ९ मा २ थान र वडा नं. १० मा एक थान धान काट्ने मेसिन प्रदान गरिएको हो । रू २ लाख १५ हजार पर्ने धान काट्ने मेसिनमा नगरपालिकाले ८० प्रतिशत अनुदान गरिएको छ…

Read More

दुनियाँका चलनहरु पनि कस्ता कस्ता ? दुनियाँमा यस्ता ठाउँ पनि रहेछन्, जहाँ सोमबारको दिन केटाहरुलाई मनलाग्दी गर्न छुट दिइन्छ । मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा एक खास सोमबार विशेष विदा हुन्छ । उक्त दिन युवकहरु आफ्नो मनपर्ने युवतीलाई मज्जाले भिजाउन पाउँछन् । ती देशहरुमा वेट मन्डे अर्थात् भिजेको सोमबार नामक पर्व मनाइन्छ । इस्टर पर्वको सोमबारका दिन त्यहाँ मानिसहरु एक अर्कालाई पानीले भिजाएर रमाइलो पर्व मनाउँछन् । यसरी एक अर्कामा पानी छेप्नाले पाप पखालिने विश्वास छ । तर एक खास कारणबाट केटाहरुलाई त्यसो गर्नमा छुट दिइएको हुन्छ । परम्परा अनुसार यदि गाउँ वा त्यस…

Read More

भद्रपुर, १ मंसिर । झापाको शिवसताक्षीमा स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न २४ फिट उचाइको धरहरा निर्माण गरेका छन् । शिवसताक्षी नगरपालिका–६ शिवगञ्जको मुख्यचोकमा रु पाँच लाखमा निर्माण गरिएको सो नौ तले धरहरा भूकम्पमा ढलेको काठमाडौँको धरहराजस्तै छ । धुलावारी चोकमा सानो धरहराको प्रतिमा राखेको देखेपछि स्थानीय युवाले त्यस्तै धरहरा आफ्नो गाउँमा पनि निर्माण गरेका निर्माण समितिकी कोषाध्यक्ष निर्मला प्रसार्इंले बताउनुभयो । राति झिलिमिली हुनेगरी नवनिर्मित धरहरामा रङ्गीन बत्ती जडान गरिएको र यसमा शिवसतााक्षी नगरपालिका, वडापालिका र विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरेको धरहरा निर्माण अनुगमन समितिका संयोजक नवीन तिम्सिनाले जानकारी दिनुभयो । चढ्न नमिल्ने सो धरहरा निर्माणपछि पर्यटकीय आकर्षणको एउटा महत्वपूर्ण…

Read More

चन्द्रकला भण्डारी भद्रपुर, १ मङ्सिर । भिन्नाभिन्नै धर्ममा आस्था राख्ने विभिन्न आठ जातीय समुदायको मठमन्दिर एकै स्थानमा छन् भन्दा पत्याउन गाह्रो हुन्छ तर झापाको भद्रपुर–२ कमलधापस्थित एउटै परिसरमा हिन्दू, किराँत, बौद्धलगायत अलगअलग धर्म मान्ने आठ जातिका मठमन्दिर सामूहिक रूपमा स्थापना गरिएका छन् । नेपाल धर्मनिरपेक्ष घोषणा हुनुभन्दा अघि विसं २०५० तिरै कमलधाप रामपोखरी सामुदायिक वनको पाँच बिघा सार्वजनिक जग्गामा ती मठमन्दिर र गुम्बा निर्माण भएका हुन् । विभिन्न जातजाति र भाषाभाषीको बसोवास रहेको यहाँका बासिन्दाको सबै धर्मका मठमन्दिर रहेको सो क्षेत्रलाई अब धार्मिक पर्यटकीयस्थल बनाउन नगरपालिका र स्थानीयवासी जुटेका छन् । सर्वधर्म धार्मिकस्थल बन्नुअघि सो क्षेत्रमा किराँती समुदायको शव गाड्ने…

Read More