झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इलाम, ६ मङ्सिर । इलाम नगरपालिका–१ साँखुजुङमा बिहीबार ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इलाम बजारबाट शान्तिडाँडा वाफरुङतर्फ जाँदै गरेको मे१ज ८१८ नं को ट्याक्सी दुर्घटनामा परी इलाम नगरपालिका– १ का ५६ वर्षीय कैलाश गुरुङ र सोही ठाउँका ४३ वर्षीय सुमन खनालको मृत्यु भएको प्रहरी उपरीक्षक टङ्क भट्टराईले जानकारी दिनुभयो । सो घटनामा ट्याक्सी चालक देउमाई नगरपालिका–६ का ३० वर्षीय रमेश गुरूङ, सोही ठाउँका २० वर्षीय सह–चालक सुनिल गुरूङ र २६ वर्षीय तुलसीकुमार बस्नेत घाइते भएका छन् ।

Read More

काठमाडौँ, ७ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताउनुभयो । “महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुनेछ”, उहाँले भन्नुभयो । महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ । यसअघि उक्त बैठक मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा बोलाइए पनि आवश्यक तयारी नपुगेका कारण सारिएको थियो । बैठक आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा उपस्थितिका लागि काङ्ग्रेसले केन्द्रीय…

Read More

दमौली, ७ मङ्सिर । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराउनुभएको हो । उहाँको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार विकले वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको र कानूनअनुसार अनुसन्धान गरिने बताउनुभयो । उहाँका अनुसार अदालतको आदेशपछि वडाध्यक्ष रेग्मीलाई पक्राउ गरिनेछ । ती महिलाले सोमबार शुक्लागण्डकी नगरपालिकाको न्यायिक समितिमा समेत जाहेरी दिनुभएको थियो । तर न्यायिक समितिले बलात्कारको मुद्दा समितिको कार्यक्षेत्रमा नपर्ने भन्दै प्रहरीमा पठाएको थियो । वडाध्यक्ष रेग्मीले भने…

Read More

शेरबहादुर सिंह भीमदत्तनगर, ७ मङ्सिर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उहाँका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बस्नुभएको छ । यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्यारालाई कारवाहीको गुहार मागेका निर्मलाका बुवा÷आमाले हत्यारालाई सार्वजनिक गर्न माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेयता सांसद, नेतादेखि आम सर्वसाधारणको ध्यान त्यहाँ केन्द्रित भएको छ । विहीबार बेलुकासम्म धर्नास्थलको नोटकपीमा करीब एक हजार बढीले न्यायको आन्दोलन भन्दै ऐक्यबद्धता जनाएका छन् । गृहनगरको प्रशासन अगाडि धर्ना बसेका…

Read More

डोटी, ७ मङ्सिर । डडेल्धुरा–डोटी जोड्ने डा केआई सिंह राजमार्गको रडुवा खोलामा विहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत सनाखत भएको छ । ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिनुभएको जानकारीअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका–२ का २१ वर्षीय केशव कडायत, सोही नगरपालिका–१० की २० वर्षीया शारदा कडायत, डोटी शिखर नगरपालिका–७ का २२ वर्षीय योगेन्द्र बोहरा, सोही नगरपालिका–७ का २४ वर्षीय शङ्कर जोरा, सोही नगरपालिका–८ की २२ वर्षीया शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिका–२८ का नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका–४ की ३५ वर्षीया शशी…

Read More

लेखक : जीवन ज्योति नेपालीको महान चाडको रुपमा मानिएको दशै, तिहार पर्व सगै छैठ पर्वको धुमधाम समेत सकिएको छ । नेपालका हिन्दु धर्मावलम्बीले परम्परा देखि मान्दै आएको र शासक वर्गले जनतामा प्रेसित गरेका पर्वहरु मध्ये दशै र तिहार बढी उल्लेखनिय छन् । मैले यस लेखमा पर्व प्रतिको हाम्रो अन्ध विश्वासले त्यो मनाउने क्रममा नेपाली नागरिकको मानसपटलमा विकास भएको सामन्तवादी ब्यवहारको अमिल्दो स्वरुपको चर्चा गर्ने प्रयास गरेको हो । महान पर्वका नाममा देशका धेरै नागरिकले अन्धविश्वास तर्फ चालिने हाम्रो पाइलोले देश सम्रद्घीको वर्तमान सपना नेपालीहरुमा थोपरिएको अर्को नयाँ भ्रम मात्र हुनेछ । हाम्रो देश राजतन्त्रात्मक हिन्दु धार्मीक राष्ट्रबाट गणतान्त्रिक र धर्मनिरपेक्ष…

Read More

भद्रपुर, ६ मंसिर । झापाको भद्रपुर–९ स्थित ग्यालेक्सी अंग्रेजी आधारभूत विद्यालयको आयोजनामा अन्तर विद्यालय ग्यालेक्सी कप फुटबल प्रतियोगिता सुरु भएको छ । भद्रपुर तथा मेची नगरका संस्थागत आधारभूत विद्यालयले प्रतिस्पर्धा गर्ने गरी सुरु भएको प्रतियोगिताको उद्घाटन खेल आयोजक ग्यालेक्सीलाई हराउँदै भद्रपुर–५ को गुरुकुल अंग्रेजी आधारभूत विद्यालयले ३—२ को अन्तरमा जित हात पारेको छ । त्यसैगरी, दोस्रो खेल हिमालय धुलाबारीलाई ४—१ अन्तरमा पछि पार्दै इष्ट होराइजनले जित्न सफल भयो । त्यसैगरी, डोल्मा मेमोरियल भद्रपुर–६ लाई हिमालयन भद्रपुर–७ ले ४—० अन्तरमा हराउन सफल भयो । लिटल एञ्जल मेची नगरलाई सेन्ट कुजुर भद्रपुर १० ले पछि पार्दै दोश्रो चरणमा प्रवेश गरेको छ ।…

Read More

सान नेपाल गौरादह, ६ मंसिर । झापाको गौरादह नगरपालिकामा आज सहिद रमेश सुवेदी र विष्णु प्रधानको १४ औँ स्मृती दिवसको अवसर पारेर रक्तदान तथा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको छ । अनेरास्ववियू तथा अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा सहिदको सम्झनामा विगतझैं यस वर्ष पनि रक्तदान तथा श्रद्धाञ्जलि सभा गरिएको हो । २०६१ साल मंसिर ६ गते तत्कालीन शाही सेनाद्वारा हत्या गरिएका माओवादीका नेता तथा अनेरास्ववियु (क्रान्तिकारीका) तत्कालीन झापा जिल्ला अध्यक्ष एवम् उपाध्यक्ष रमेश सुवेदी र विष्णु प्रधानको स्मृतिमा प्रत्येक वर्ष रवि स्मृति दिवस मनाउने गरिएको छ । रवि स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीले गौरादहमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गौरादह…

Read More

काठमाडौँ, ६ मङ्सिर । देशको पहाडी भू–भागमा आंशिक बदली रही एक÷दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर देशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना औँल्याएको हो । आज दिउँसो पहाडी भेगमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने बाँकी स्थानमा सामान्यतया सफा रहने छ । रातको समयमा पनि पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । भोलि शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भेगमा सामान्यतया सफा रहने तथा मङ्सिर ८ गते…

Read More

बिर्तामोड, ६ मंसिर । नेपाल कराँते महासंघ, महेन्द्र रत्न डोजो बिर्ताबजारमा अभ्यासरत १० जना खेलाडीलाई आज स्थानीय एक खेलप्रेमीले कराते ड्रेस (गी) प्रदान गरेका छन् । बिर्तामोड नगरपालिका– ३ का खेलप्रेमी वीरबहादुर तामाङ (बीरु)ले कराँते खेलाडीहरुका लागि प्रोत्साहनस्वरुप १० थान गी प्रदान गरेको प्रशिक्षक दुर्गाराज निरैलाले जानकारी दिएका हुन् । महेन्द्र रत्न डोजो बिर्ताबजारमा अभ्यासरत खेलाडीहरु प्रकृति राई, मनोज राजवंशी, एलिसा दास, सुमन राजवंशी, दिवस हास्दा, शितल शर्मा, सन्ध्या शर्मा, एन्जिला साहा, सुनिल साहा र पूजा मुर्मुलाई गी प्रदान गरिएको प्रशिक्षक निरौलाले बताए । महेन्द्र रत्न डोजो बिर्ताबजारमा ८० जनाभन्दा बढी खेलाडीहरु प्रशिक्षण लिइरहेको डोजोका व्यवास्थापक मिरा शिवाकोटी बताउँछिन् ।…

Read More