
१. के राति दही खान हुन्छ ?
राति दही खान नहुने कुनै नियम छैन। रातिको खाना (डिनर) मा दही खानु सुरक्षित हुन्छ र यो पाचनका लागि पनि राम्रो मानिन्छ।
धेरै तेल–मसला भएको खाना वा चिनीसँग भने दही नखादा राम्रो हुन्छ।
२. के दही खाँदा रुघा लाग्छ ?
दही खाँदा कफ (.म्युकस) बन्दैन र यसले श्वासप्रश्वास सम्बन्धी कुनै संक्रमण पनि गराउँदैन। दही खाँदा रुघा लाग्छ भन्ने कुराको कुनै वैज्ञानिक आधार छैन।
यदि कसैलाई दहीसँग संवेदनशीलता छ भने मात्र असहज हुन सक्छ।

३. के दही खाँदा तौल बढ्छ ?
दहीले तौल बढाउँछ भन्नु ठूलो भ्रम हो। यसमा प्रोटिन र प्रोबायोटिक्स प्रशस्त हुन्छ, जसले पेट लामो समयसम्म भरिएको महसुस गराउँछ र मेटाबोलिजमलाई सहयोग गर्छ। त्यसैले दहीले तौल घटाउन मद्दत गर्छ।
४. के खानासँग दही खानु हुँदैन?
नेपाली खानामा दही पनि साथमै पस्किने चलन छ। खानासँग दही खाँदा यसले रगतमा सुगरको मात्रा एक्कासि बढ्न दिँदैन र शरीरले पोषक तत्वहरू राम्रोसँग लिन मद्दत गर्छ।
५. पाचनका लागि कस्तो हुन्छ ?
ताजा दही पाचनका लागि एकदमै राम्रो हुन्छ। यसले आन्द्राको स्वास्थ्य राम्रो बनाउँछ।
. सावधानीस् धेरै अमिलो वा बासी दही धेरै खाएमा भने पाचनमा समस्या भएकाहरूलाई गाह्रो हुन सक्छ।
६. के मधुमेह का बिरामीले दही खान मिल्छरु
ड्ड यथार्थस् चिनी नराखेको सादा दहीको ग्लाइसेमिक इन्डेक्स कम हुन्छ। यसले इन्सुलिन सेन्सिटिभिटीलाई राम्रो बनाउन मद्दत गर्छ। त्यसैले मधुमेहका बिरामीले दही खान मिल्छ, तर ठिक्क मात्रामा मात्र खानुपर्छ।एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

