
१. बेसारमा करक्यूमिन नामक एक रसायन पाइने हुनाले बेसारको धूलोलाई तातोपानीमा घोलेर पिउनाले शरीरमा औषधिको रुपमा काम गर्छ ।
२. मस्तिष्कलाई तेजिलो बनाउनुका साथै स्मरण शक्ति बढाउँछ र मस्तिष्कलाई सुरक्षित राख्नमा मद्दत गर्छ ।

३. यसमा एन्टीअक्सिडेन्ट बढीमात्रामा पाइने भएकाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ ।
४. यसको सेवनले रुघाखोकी निको पार्नुका साथै पेटसम्बन्धी समस्या हुनबाट बचाउँछ ।
५. रक्तनली तथा धमनीलाई सुरक्षित राख्नुका साथै रगत प्रवाहलाई चुस्त बनाउँछ ।
६. यसको नियमित सेवनले अर्थराइटिसको लक्षणबाट टाढा राख्छ ।
७. मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ ।
८. कलेजोलाई सुरक्षित तथा स्वस्थ रख्नमा मद्दत गर्दछ ।एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

