झापा, १४ भदौ । भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ। अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार शनिबार साँझ साढे ६ बजेसम्म नदी किनारमा ६७५ जनाको शव फेला परेको छ। सबैभन्दा बढी चितवनमा २४६ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

यस्तै, रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३ र तनहुँमा ३५ जनाको शव फेला परेको छ।
भोटेकोसीमा आएको बाढीपछि २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। तीमध्ये सबैभन्दा धेरै जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना रहेका छन्।
सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।



