
२०८३ भदौ २३ गते मंगलबार
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गर्न नसक्दा आलोचनाको सामना गर्नुपर्ने हुन सक्छ। विद्यार्थीले प्रतिस्पर्धामा आफ्नो प्रदर्शन देखाउन नसक्दा अरूभन्दा पछि परिनेछ। सन्तान तथा आफन्तसँग मनमुटाव बढ्न सक्छ। भौतिक सम्पत्तिको प्रयोग गर्दा विशेष ध्यान दिनुहोला। यद्यपि, वैदेशिक रोजगारीले जीवनस्तर उकास्न मद्दत गर्नेछ। अध्ययन वा कामको सिलसिलामा यात्राको योग रहेको छ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
आफन्तहरू टाढिन सक्छन् भने आमासँग टाढिएर लामो दूरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ। सवारी साधन चलाउँदा तथा जग्गासम्बन्धी काम गर्दा सावधानी अपनाउनुहोला। राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ। अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ। खानपान तथा यात्रामा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ। यद्यपि, कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
आँट, साहस तथा पराक्रममा वृद्धि हुने भएकाले उपलब्धिमूलक काम गर्न सकिनेछ। अध्ययन वा नोकरीमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्रस्थानमा आउनेछ। लेखनकला तथा साहित्यमा बाँकी रहेका कामलाई पूर्णता दिन सकिनेछ। प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचार जनमानसमा लैजान सकिनेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
व्यवसायमा लगानी गर्न केही समय कुर्नु नै राम्रो हुनेछ। व्यापारमा उधारो लानेहरू बढ्न सक्छन्। आफन्त तथा अग्रजहरूसँग घरायसी विषयमा मतभेद बढ्नेछ। अध्ययनमा अरूभन्दा पछि परिने तथा राम्रो नतिजा हासिल गर्न निकै मिहिनेत गर्नुपर्नेछ। कार्यक्षेत्रमा खुट्टा तान्ने तथा आलोचना गर्नेहरू सक्रिय हुनेछन्। प्रेममा अविश्वास तथा शङ्का बढ्ने योग रहेको छ। यद्यपि, अध्ययन वा कामको सिलसिलामा यात्राको योग रहेको छ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ। गीत, सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ। पढाइ–लेखाइमा मन जाने भएकाले सफलता हात लाग्नेछ। खाद्यान्न तथा औषधिजन्य सामानको व्यापारबाट आम्दानी गर्न सकिनेछ भने आर्थिक पक्ष मजबुत रहनेछ। राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि पद प्राप्तिको योग बन्नेछ। प्रणय सम्बन्धमा सुधार आउनेछ भने पति–पत्नीबीचको मायाको डोरो अझ कसिलो भएर जानेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्छ। आफ्नै कमजोरीका कारण विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ। शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ। मन परेको मानिसबाट टाढिनुपर्दा मन खिन्न हुनेछ। न्यायसङ्गत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ। मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आए पनि स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले ध्यान दिनुहोला।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ। विभिन्न अवसरहरूले पछ्याउने भएकाले परिणाममुखी काम गर्न सकिनेछ। खनिज पदार्थको प्रयोगमार्फत यथेष्ट धन आर्जन हुने योग रहेको छ। प्राकृतिक स्रोत तथा पैतृक सम्पत्तिको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ। नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने सम्भावना रहेको छ। घरपरिवारका इच्छा तथा आकाङ्क्षा पूरा गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
चुनौतीहरूलाई किनारा लगाउँदै कामलाई सफल बनाउन सकिनेछ। राम्रा काम गर्दा समाजमा स्थापित हुने अवसर मिल्नेछ। व्यावसायिक यात्राको योग रहेको छ। अध्ययनमा समय दिई आफ्नो ज्ञान तथा क्षमता निखार्न सकिनेछ। आँटेका तथा चाहेका काम पूरा गर्न सकिनेछ भने साथीभाइको राम्रो सहयोग प्राप्त हुनेछ। प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ। घरपरिवारमा तपाईंको कामबाट सबै प्रसन्न हुनेछन्।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ। व्यापारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ। खोज तथा अनुसन्धानको क्षेत्रमा अपेक्षाअनुसार प्रगति गर्न सकिने भएकाले मन प्रसन्न हुनेछ। राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ। प्रेमी–जोडीका लागि समय उत्तम रहेको छ। साँझपख लामो दूरीको यात्राको योग रहेको छ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ। खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला। व्यापार–व्यवसायमा लगानी गर्नुअघि आवश्यक तयारी राम्रोसँग गर्नुहोला। पढाइ–लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा नआउन सक्छ। प्रेममा रमाउन चाहनेहरूका लागि आजको दिन मध्यम रहेको छ। गोपनीयता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्ने सम्भावना छ। यद्यपि, अध्ययन तथा कामको सिलसिलामा लामो दूरीको यात्रा हुनेछ। धर्ममा आस्था तथा विश्वास राख्नेहरूका लागि समयले साथ दिनेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
तार्किक क्षमता वृद्धि हुनेछ भने वाणीमा थप निखार आउने भएकाले नाम तथा दाम दुवै कमाउन सकिनेछ। एकल तथा साझेदारीमा गरिने व्यापार फस्टाएर जानेछ। व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ। खाद्यान्न तथा औषधिजन्य सामानको व्यापारबाट मनग्गे धन लाभ हुनेछ। माया–प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्गीप्रतिको आकर्षण बढ्नेछ। अध्ययन वा कामबाट विश्राम पाइनेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनाले मन प्रसन्न हुनेछ। नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्रस्थानमा आउनेछ। निर्माण सामग्री, खाद्यान्न, औषधिजन्य सामान तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ। प्रेममा रमाउन चाहनेहरूका लागि यात्राको अवसर जुराउनेछ। लामो दूरीको यात्राको योग रहेको छ।
तपाईंको दिन शुभ रहोस्।


