
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
admin
तित्रा‘नेपालमा कोरोना भाइरस आउँदैन भनेर म ढोल पिटेर हिंड्दैछु, तर पनि यी दुनियाँले किन पत्याउँदैनन् ? आउँदैन, साँच्चै आउँदैन । यो म बोलेको होइन, मेरो असी वर्षे अनुभव बोलेको । जस–जसले जे–जे भने पनि नेपाली हामी अरु–अरुका तुलनामा तगडा छौं । अरुलाई हेनैर् पदैर्न, मलाई नै हेरे पुगिहाल्छ । मेरो असी वर्षे जीवनयात्रामा औलो आयो–गयो । बिफर आयो–त्यो पनि हारेर फर्कियो । अनेक किसिमका हैजाहरू असारे भेल झैं आए–गए । मलेरिया लगायत अनेक प्रकारका अंग्रेजीफ्लूहरूको पनि भुमरी पर्यो । ती पनि सबै आफैं हराए । मेनेन्जाइटिस आयो, इन्सेफ्लाइटिस आयो; तर आफैं बिरामी भएर फर्कियो । डेङ्गुले हार खाएकै हो । अकोर् इबोला र सार्स भन्ने पनि आएको थियो अरे, एकै रात…
तित्रासधैंभरि गाउँ चहाहेर नौरंगी गफ चुटेर दिन बिताउने माइलाबालाई बन्दाबन्दी (लकडाउन)का कारण घरमै बसेर दिन बिताउनु पर्दा पर्नु पीर परेछ । बाबैले कसो–कसो गरेर माइलेमाको मोबाइल फेला पारेर मलाई फोन लगाएछन् । उनले फोनमा भने– ‘एइ केटा के गदैर्छस् ? घरमै छस् कि कता छस् ? घर बाहिर बाटामा निस्किस् भने त डँडाल्नु र तिघ्रामा कठबाँसले कोरोनाको खोप लगाइदेलान् नि ! अनि अर्काे कुरा, फोनमै बोल्दा पनि मुखमा लाउने कट्टु लगाएरै बोल्नु, मैले पनि कट्टु फुकालेको छुइन । क्या हो, क्या हो, सर्छ भन्छन् । अब त तलको कट्टु जस्तै मुखमा लाउने कट्टुको पनि बानी परिसक्यो । दाह्री–जुंगा नपलाउने मान्छेका पनि अब छोपेको छोपेइ गरेपछि…
महोत्तरी, १२ जेठ । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर–७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको जनाइएको छ । जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्रहरी र लागुऔषध कारोबारीबीच रामगोपालपुर–७ स्थित सडकमा राति करिब ८ बजेतिर भीडन्त भएको थियो । घेरा हालेर लागुऔषध कारोबारीले आक्रमण गर्न खोजेको र आत्मरक्षाका…
झापा, १० जेठ । पूर्वी दक्षिणी झापाको कचनकवलमा दोश्रोपटक भारतीय नागरिकले सीमा रक्षक सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् । दर्जन हाराहारी भारतीयले नेपाली भूमिमा जवरजस्ती प्रवेश गर्न खोजेपछि भारतीय नागरिकलाई सीमा सुरक्षर्थ खटिएका सशस्त्र प्रहरीले रोक्न खोज्दा आक्रमण गरेका हुन् । कचनकवल गाउँपालिका–१ घेराबारीस्थित समरभिट्टा बस्तीदेखि पूर्वमा रहेको १२२ नम्बर पिलर नजिकै सशस्त्रको अस्थायी पोस्टमा खटिएका सशस्त्रका हवल्दार शंकर चौधरीमाथि साङ्घातिक हमला गर्दा टाउकोमा चोट लागेको छ । पोस्ट रहेको स्थान पारी भारतीय बस्ती गिलावारी पर्छ । गिलावारीका स्थानीयले नेपाललतिरको भूमिमा मकैखेती गरेका कारण खेती हेर्न नेपाल प्रवेश गर्न भारतीयले बल प्रयोग गर्ने गरेको स्थानीय बताउँछन् । त्यहाँका ५÷७ जना भारतीय…
झापा, ७ जेठ । कोरोना भाइरस संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका–१ का ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको उपचारको क्रममा रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो । तर, अस्पतालले औपचारकिन जानकारी भने दिएको छैन । उनको स्वास्थ्यमा गम्भीर समस्या भएपछि भेन्टीलेटरमा राखेर उपचार गरिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यस अघि बाँके र सिन्धुपाल्चोकमा एकरएक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो। नेपालमा हाल सम्म ४०२ जना संक्रमित बहका छन ।
झापा, ६ जेठ । प्रदेश १ बाट थप एकजना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा दमक–३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो । पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानवहादुर वस्नेतले जानकारी दिनुभयो । मङ्ग्रातीलाई वैशाख १२ गते भर्ना गरिएको थियो । मङ्ग्राती डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ । २२ जना उपचाररत रहेका छन् । उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ…
इलाम, ६ जेठ । इलाममा गए राति एक युवतीले आफ्नै बुबाको ह त्या गरेकी छन्। इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको ह त्या गरेकी हुन्। शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने गरेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिए। उनका अनुसार रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अ नुसन्धानबाट खुलेको छ। घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झ गडा भएको थियो फुलबहादुरको टाउकोमा चो ट देखिएको छ। टाउकोमा चि…
भद्रपुर, ५ जेठ । भद्रपुर नगरपालिकाको संयोजनमा संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समिति र प्याब्सन भद्रपुर बीच भएको दुई पक्षीय छलफल तथा सम्वादबाट जेठ १५ गते भित्र शिक्षक कर्मचारीको तलव भुक्तानी गर्ने सहमती भएको छ । भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षता तथा नगर शिक्षा शाखा प्रमुख प्रेम भुजेलको संयोजनमा सम्पन्न दुई पक्षीय छलफल तथा सम्वादले जेठ १५ गते भित्र संस्थागत विद्यालयहरूले शिक्षक कर्मचारीको तलव भुक्तानी गर्ने सहमती भएको हो । शैक्षिक वर्ष २०७६ सालको चैत्रसम्मको सम्पूर्ण तलव भत्ता नपाएको भन्दै नगर सरकारसित संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले ज्ञापनपत्र बुझाएको थियो । विद्यालयका सञ्चालक र शिक्षक कर्मचारी…
बिर्तामोड, ५ वैशाख । झापा कचनकवलका एक युवाका कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । सोमवार दक्षिणी झापाको कचनकवल–६ का एक जना ३२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । विराटनगरस्थित प्रयोगशालामा उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । उनलाई उपचारका लागि विराटनगर लैजाने तयारी भइरहेको छ । उनी चार दिनअघि मात्रै भारतबाट आएका हुन् । भारतमा रेल खुल्ना साथ उनी झापाको दक्षिणी क्षेत्रबाट लुकीछिपी भित्रिन लाग्दा उनलाई समातेर प्रहरीले क्वारेन्टाइनमा राखेको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । थप एक जनालाई कोरोना भाइरस संक्रमण भएको छ । यसअघि दुई जना संक्रमित भएका थिए । उपचारपछि झापा…