
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
admin
झापा, ५ जेठ । कोरोना भाइरस कोभिड(१९ बाट बाँकेमा थप ५३ जनाको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु ४६ जना पुरुष र एक जना महिला रहेका छन। त्यसैगरी विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना, धुलिखेलमा गरिएको परीक्षणमा रौतहट, धनुषा, दाङ र धादिङका एक–एक जना तथा भैरहवामा गरिएको परीक्षणमा गुल्मीका एक जना युवामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । अहिले स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको ५३ जना र बिहान पुष्टि गरेको ९ जना गरेर आज एकै दिन ६२ जनामा संक्रमण पुष्टि भएको छ । यो…
झापा, ५ जेठ । झापाको गौरादह–४ मा गाईको बाच्छो काटेको आरोपमा ३ जनालाइ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गौरादह–४ का २८ बर्षीय रमेश दर्जी,५० बर्षीय रमेश सतार र सोहि स्थानका ६० बर्षीय मद्रासी सतार रहेका छन । हिजो राती १० बजे रमेश दर्जीको घरमा यी तिनै जना मिलेर बाच्छो काटेर मासु खाएको र बाच्छोको टाँउको तथा दुई वटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेको भनी आज बिहान सवा ८ बजे स्थानीयले प्रहरी चौकी माहारानीझोडामा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान गर्ने क्रममा गाईको बाच्छो काटेको खुल्न आएको हो ।…
द्रोण अधिकारीभद्रपुर, ५ जेठ । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुर १० ले आफ्नो प्रभाव क्षेत्र भित्रका अति विपन्न परिवारका लागि ६ लाख मूल्य वरावरको खाद्यान्न सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत समितिले बन्दाबन्दी कारण दैनिक गुजारामा समस्यामा परेका उपभोग्य क्षेत्रका भद्रपुर ७, ८ र १० का अतिविपन्न परिवारका लागि १० टन चामल, २ टन दाल, एक टन नुन वडा कार्यालय मार्फत राहत स्वरूप वितरण गरेको हो । यसैगरी समितिले चैत्रदेखि जेठसम्मको पानीको महशुलमा २० प्रतिशत छुट दिने, विलम्ब शुल्क नलिने, विभिन्न क्वारेन्टिन स्थलमा शुद्ध पिउने पानीका लागि निशुल्क धारा जडान गर्ने, सार्वजनिक स्थलमा खानेपानी पहुँचका लागि धारा…
झापा, ५ जेठ । नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटका ८ र बाराका १ जनामा कोरोना पुष्टि भएको हो। रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बाराको करैयामाई– ५ निवासी ३८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ। हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका…
झापा, ४ जेठ । झापाका औषधि पसलहरूले दर्ता बिनाका औषधिहरू बिक्री गरिरहेको फेला परेको छ । कोरोना त्रासपछि लकडाउनको समयमा औषधि पसलहरूले मास्क, पन्जा तथा स्यानिटाइजर बढी मूल्यमा बिक्री गरेको जनगुनासो बढेपछि आइतबार सदरमुकाम भद्रपुर नगर क्षेत्रका औषधि पसलहरूको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा तीन वटा पसलबाट दर्ता बिना र खाद्य पूरक औषधि जफत गरिएको छ । दुर्गा मेडिकल हल भद्रपुर, कृपा फार्मेसी चन्द्रगढी र संगम औषधालयबाट ती औषधि जफत गरिएको औषधि व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख सञ्जीव शर्मा कट्टेलले जनाकारी दिए । औषधि जफत गरिएका तीनै वटै पसललाई लकडाउनपछि कार्यालयमा उपस्थित हुन निर्देशन दिएको उनले बताए । जिल्ला…
झापा, ४ जेठ । प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो ।यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् । यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।
काठमाडौँ, ३ जेठ । नेपाल थप ३ जना नया कोरोना भाइरस संक्रमित पुष्टि बहेका छन् । पछिल्लो समय संक्रमण पुष्टि भएकी सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरी महिलाको भने मृत्यु परान्त कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षण अनुसार नया संक्रमण पुष्टि भएकाहरु धनुषा निवाशी २० र ६५ वार्हिस्य पुरुष रहेका छन । यी दुई संक्रमितको स्वास्थ्य स्थिति भने सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कुल कुरोना संक्रमितको संख्या २८१ जना पुगेको छ ।
भद्रपुर, ३ जेठ। कोभिड—१९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाले खुकुलो पारेको लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ । सरकारले जिल्लाबाट जारी भएका सबै सवारी पास रद्द गरेसँगै उच्चस्तरीय समितिले पनि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । सोही बमोजिम अनुगमन समितिले झापामा लकडाउन थप कडाइ गर्न शनिवार विभिन्न बुँदामा निर्णय गरेको छ । जिल्ला समन्वय समिति झापामा शनिवार बसेको समितिसहित सर्वपक्षीय बैठकले लकडाउनमा पनि जिल्लाका बजारमा भिडभाड बढेको निष्कर्ष निकाल्दै अब खाद्यान्न पसल नियमित खोल्न नपाउने निर्णय गरेको छ । बैठकले जिल्लामा पसल सञ्चालनको हकमा जोर बिजोर प्रणाली लागु गरिएको समितिका संयोजक…
झापा, ३ जेठ । झापा कनकाई नगरपालिका–३ सुरुङ्गाबाट छोरी बलात्कारको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा आमा नभएको बेला लामो समयदेखि दैनिक मादक पदार्थ सेवन गरेर जवरजस्ती करणी गर्ने गरेको भन्दै छोरीले प्रहरीमा उजुरी गरेपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायब निरीक्षक पदमसुन्दर लिम्बूको नेतृत्वमा गएको प्रहरी टोलीले शनिबार बेलुकी ती पुरुषलाई घरबाटै पक्राउ गरेको हो । प्रहरीले ती अभियुक्तको घरबाट १२ थान बन्दुकको गोली समेत बरामद गरेको छ । अभियुक्तलाई हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । उनलाई हाडनाता करणी र हातहतियार खरखजानाको मुद्दा लाग्ने प्रहरीले जनाएको छ ।
झापा, ३ जेठ । झापामा विपन्नलाई राहतसँगै निःशुल्क खानाको व्यवस्था गर्न थालिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) लम्बिएसँगै यहाँका विपन्न वर्गका नागरिकलाई राहतसँगै खानाको व्यवस्था गर्न थालिएको हो । एकका लागि एक अभियान अन्तरगत झापाको बिर्तामोडको मुक्तिचोकमा समेत निःशुल्क खाना वितरण शुरु गरिएको छ । गत २८ गतेदेखि शुरु भएको खाना वितरण कार्यक्रममा हालसम्म करिब चार हजार मानिसलाई खाना खुवाइएको अभियानका सचिवालय सदस्य गोपाल भट्टराईले जानकारी दिनुभयो । ‘साबुन पानीले हात धुन लगाएर तयारी खानाको प्याकेट र पानी दिने गरिएको छ’, उहाँले भन्नुभयो । त्यस्तै, हस्पिटल, कोटिहोममा, अपाङ्गता…