
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
admin
झुलन रेग्मीमेचीनगर, २५ बैशाख । झट्ट देखिँदा सानो कदको मान्छे । तर, अनुभव र चेतनाले अग्ला । त्यही चेतनाले उनी मुलुक रुपान्तरणको क्रान्तिमा जोडिए । क्रान्तिले साँच्चै उठायो उनलाई । क्रान्तिले उठाएन मात्र, उनले क्रान्तिलाई आत्मसात गरे । जतिबेला उनी १४ वर्ष थिए । यो परिचय अरु कसैको होइन, मेचीनगर नगरपालिकाका लागि गठबन्धनको तर्फबाट उपप्रमुखका प्रत्यासी प्रकाश भण्डारीको हो । अहिले पनि उनमा हिजोको जोसजाँगर पटक्कै मरेको छैन । उनी भन्छन्, ‘मेरो उर्जा र इन्द्र दाईको सुझबुझपूर्ण रणनीतिले मेचीनगरलाई उत्कृष्ट बनाउन सम्भव छ ।’ उनले मेचीनगरमा गठबन्धनको जीत निश्चित भएको दाबी गरे । उपप्रमुखका उम्मेद्वार भण्डारीले मेचीनगरमा काँग्रेस, नेकपा माओवादी…
झापा, २५ बैशाख । स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । निर्वाचन आयो गले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा मतदानको पूर्वसन्ध्यामा मात्रै मतदानको वैकल्पिक व्यवस्थाबारे निर्णय गर्दै आएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता परिचयपत्र नहुने मतदाताका हकमा आयोगले हालसम्म कुनै निर्णय नगरेको प्रस्ट्याए । आयोगले जारी गरेको मतदाता परिचयपत्रका आधारमा मात्रै मतदान गर्न पाउने निर्वाचन ऐनले व्यवस्था गरेको छ । यद्यपि, राजनीतिक सहमति वा आयोग पदाधिकारीको निर्णयले वैकल्पिक व्यवस्था समेत गरिँदै आएको छ । यसरी वैकल्पिक व्यवस्थाअन्तर्गत आयोगले नागरिकता वा परिचय खुल्ने सरकारी कागजातका आधारमा…
झापा, २५ बैशाख । गत स्थानीय तह निर्वाचनमा दाङमा कुल मतदाता २ लाख ९१ हजार १ सय ७५ रहेकोमा २ लाख १८ हजार ३ सय ३९ मत खस्यो । खसेको मतमा १ लाख ११ हजार ८५ मत मात्रै सदर भयो । बाँकी १९ हजार २ सय ५४ मत बदर भयो । त्यसमा पनि ५ हजार ५ सय ९३ मत पूर्ण रूपमा बदर भयो। मतपत्रमा लगाइएका छापमध्ये कुनै पनि काम नलाग्ने अवस्था हुनुलाई पूर्ण रूपमा बदर मानिन्छ । त्यतिबेला निर्वाचन आयोगमार्फत जिल्लाभरि एक महिने निर्वाचन शिक्षा कार्यक्रम पनि सञ्चालन भएको थियो। ३ सय ५१ जना निर्वाचन शिक्षा कार्यकर्ता खटाइएका थिए। तर…
झापा, २५ बैशाख । सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ रु’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको छ । मे ८ तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल संस्थाले सरोकारवाला सबै निकाय तथा नागरिक समाजका व्यक्तिसँग विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ । सो संस्थाले गधा, घोडा, खच्चरले यातायात क्षेत्रमा पु९याएको योगदानलाई कदर गर्नुपर्ने र उसको अवमूल्यन गर्न नहुने माग राख्दै सचेतना जगाउने उद्देश्यले यस वर्षदेखि सप्ताहव्यापी गधा दिवस मनाउन लागेको छ…
इलाम, २३ बैशाख । इलामको सूर्योदय नगरपालिका–१२ स्थित करफोक माध्यमिक विद्यालयको निर्माणाधिन भवनबाट लडेर १ जनाको मृत्यु भएको छ । हिजो बेलुका ५ बजे विद्यालयको ४ तले निर्माणाधिन भवनको माथि टिन लगाउने क्रममा भुईमा झरी घाइते भएका वारा जितपुर नगरपालिका(५ गकुलियाका २५ बर्षीय पुकार चौधरीलाई उपचारको लागि झापा वुधबारेस्थित सिटी हस्पिटल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भइरहेको छ ।
भोजपुर, २३ बैशाख । भोजपुरको षडानन्द नगरपालिका–१४ बिहिबारे बजार स्थितमा आगलागि हुँदा बालिकाको जली मृत्यु भएको छ भने उनका बुवा, आमा दुवै जना जली घाईते भएका छन । हिजो बेलुका ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि भई घर पुर्णरुपमा जली नष्ट हुँदा निजको २ बर्षीया छोरी रेश्मा तामाङ आगोले जली घटनस्थलमा नै मृत्यु भएको र घर धनी खेममणी तामाङ, निजको श्रीमती मिना तामाङलाई आगोले पोली घाईते भएकोमा उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको छ । उक्त आगो फस्ट राईफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानियको…
हल्दिबारी, २३ बैशाख । आम नागरिकको भविष्यमा आफ्नो भविष्य देख्ने सहकारी अभियन्ता, अध्ययनशील र तार्किक युवा नेता भवानीप्रसाद दंगाल (भानु) को परिचय यतिबेला फेरिएको छ । सहकारी अभियान मार्फत नागरिकलाई आत्मनिर्भर बनाउँदै आय–आर्जनको बाटोमा जोड्ने कामलाई केही दिन थाती राख्दै उनी यतिबेला अलग गेटअपमा आम हल्दिबारीबासीको घरदैलोमा पुग्दैछन् । हिजो सहकारी मार्फत सदस्यहरुको सेवामा लागेका भानु केही समययता दश औंला जोडेर मत माग्न व्यस्त छन् । यो उनको फेरिएको परिचय हो । त्यही परिचयको मेसोमा अकोर् परिचय थपिदैछ, उनको । हल्दिबारी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रं) बाट अध्यक्षको प्रत्याशीका रुपमा । यही ३० गते हुने स्थानीय तह निर्वाचनको परिणाम नआउँदासम्म उनको यो परिचयमा कसैले धावा…
झापा, २३ बैशाख । झापाको कनकाई नगरपालिका–३ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो राति १० बजे सडक छेउमा रोकि राखिएको ना.६ख ९०७९ नम्बरको ट्रकमा को. २३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिका(७ का ५६ बर्षीय बुद्धकान्त सुबेदीलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । उक्त ट्रक र चालक मोरङ सुन्दरहरैचा(६ का ३१ बर्षीय हर्क बहादुर दर्जीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड, २३ बैशाख । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले राष्ट्रिय आवश्यकताका आधारमा गठबन्धन भएको बताउँदै इमान्दारीपूर्वक पालना गर्न कांग्रेस कार्यकर्तालाई आह्वान गर्नुभएको छ । गठबन्धन दलका तर्फबाट अर्जुनधारा नगरपालिकाका लागि प्रमुखका उम्मेद्वार रञ्जिता कार्की, उपमेयरका उम्मेद्वार जितेश योन्जन, १० नम्बर वडाध्यक्षका उम्मेद्वार नारायण तामाङ एवं वडा सदस्यहरुको घरदैलो कार्यक्रममा अर्जुनधारा १० मा आयोजित कोणसभालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो । नेपाली कांग्रेस एवं गठबन्धन दलका उम्मेद्वारका विरुद्ध स्वतन्त्र उम्मेद्वारी दिने बागी उम्मेद्वार एवं तिनका समर्थक र प्रस्तावकहरुका विरुद्ध पार्टीको विधान बमोजिम केन्द्रीय समितिले कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिदै उहाँले गठबन्धन दलबीच भएको राजनीतिक सहमति कार्यान्वयनका लागि कार्यकर्तालाई…
झापा, २३ बैशाख । जापान इन्टरनेट ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया अलपत्र परेको छ। जापानमा नेपाली श्रमिकका लागि रोजगारीका क्षेत्र प्रवर्द्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका रूपमा नेपाली युवालाई पठाउन गरिएको सम्झौता नै अलपत्र छ। वैदेशिक रोजगार व्यवसायीले जापानमा रोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न नसक्दा र जिट्कोमार्फत नेपाली प्रशिक्षार्थी कामदार पठाउन रोजगारदाता पहिचान गर्न नसक्दा प्रक्रिया सुस्त भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका निर्देशक कृष्णप्रसाद भुसालले म्यानपावरले माग ल्याउन नसक्दा प्रशिक्षार्थी कामदार पठाउने काम सुस्त भएको बताए। माग ल्याउन नसक्दा सम्झौता भएको करिब २ दशकपछि जापानका विभिन्न क्षेत्रमा प्रशिक्षार्थीको कामदारका रूपमा नेपाली युवालाई पठाएर…