admin

डम्बर कुमार निरौला माईजोगमाई, २३ फागुन । महाशिवरात्रीको अवसर पारेर इलामको माईजोगमाई ६ प्याङ्गमा गत फागुन १७ बाट जारी शिवरात्री कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल फाल्गुन २२ गते सम्पन्न भएको छ । प्याङ्ग खेलकुद बिकास समितिको आयोजनामा प्याङ्ग माबिको खेलमैदानमा संचालित खेलमा माईजोगमाई लगायत विभिन्न २० टिम प्रतियोगितामा सामेल भएका थिए । फाइनल खेलको समापन कार्यक्रमको सभापती प्याङ्ग खेलकुद बिकास समितिका अध्यक्ष विशाल राईे गरेका थिए भने प्रमुख अतिथी माईजोगमाई गाउपालिका अध्यक्ष जितबहादुर राई, बिशेश अतिथिहरु नेपाली काङ्ग्रेस जिल्ला सदस्य हुकुमलाल थेबे नेपाली काङ्ग्रेस माईजोगमाई गाउपालिका सभापति राजेश देवान समाजसेवी तथा युवा नेत्री कुसुम दहाल, इलाका प्रहरी चैकी नयाँबजारका इन्चार्ज भुपेन्द्र…

Read More

बिर्तामोड, २३ फागुन । सामाजिक न्याय, हिंसा न्युनीकरण एवं समाज रुपान्तरणका लागि क्रियाशील सामाजिक संस्था मेची–महाकाली संयुक्त बुहारी आवाज झापाले प्रजातान्त्रिक आन्दोलनकी अग्रणी योद्धा झापा चन्द्रगढी निवासी हर्षकुमारी थपलियालाई सम्मान गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चन्द्रगढीस्थित उहाँको निवासमै पुगेर बुहारीहरुको संस्थाले दोसल्ला, सम्मान पत्र र नगद ११ हजार १ सय १५ रुपैयाँसहित थपलियालाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष शिखा खड्का गणेश, कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस झापाका सदस्य रमेश पोखरेल, प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, राप्रपा नेपालकी नेतृ एवं आयोजक संस्थाकी सल्लाहकार राधा कार्कीसहित बुहारीहरुको समूहले थपलियालाई सम्मान गरेको हो । सो…

Read More

बलिउड अभिनेता अमिताभ बच्चन नेपाली ढाकाटोपीमा सजिएका छन्। चलचित्र ‘उचाइ’सुटिङका क्रममा अमिताभले नेपाली ढाकाटोपी लगाएका हुन्। नेपालमा केही दृष्य छायांकन भएको यो चलचित्रको अहिले नेपालसँग सीमा जोडिएको उत्तराखण्डमा छायांकन भइरहेको छ। केही महिना पहिले नेपालमा छायांकन भएको यो चलचित्रको सुटिङमा अमिताभ नेपाल आउन पाएनन्। उनी स्वास्थ्य अवस्थाका कारण नेपाल आउन नपाएका हुन्। फिल्म छायांकनका क्रममा ढाकाटोपी लगाएका उनले इन्स्टाग्राममा उक्त तस्बिर सार्वजनिक गरेका छन्। इन्स्टाग्राममा अमिताभले नृत्य गर्न लागेको तस्बिर सार्वजनिक गरेका हुन्। सुरज वर्जत्यको निर्देशनमा छायांकन भैरहेको चलचित्र ‘उचाइ’मा अनुपम खेर, बोमन इरानी लगायत कलाकारले अभिनय गरिरहेका छन्।

Read More

बुद्धशान्ति, २२ फागुन । झापाको बुधबारेमा आइतबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबारे स्पेस केबल नेटवर्क, ब्रोडलिंक इन्टरनेट तथा नेपाल स्काउट बुद्धशान्तिको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । आफ्ना ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दे केबल नेर्टवर्कले स्वास्थ्य शिविरको आयोजना गरेको सञ्चालक सुनिल भट्टराईले बताएका छन् । शिविरमा आँखा, कान, जनरल फिजिसियन तथा स्त्री रोग सम्बन्धि चेकजाँच गरिएको थियो । जसको प्राविधिक सहयोग द्धष्टि आँखा अस्पताल बिर्तामोड, विपि कोइराला इन्स्टििच्यूड अफ हेल्थ साइन्स्, मनमोहन मेमोरियल मेडिकल कलेजले गरेको सञ्चालक मञ्जिल पाठकले बताएका छन् । श्रीकृष्ण प्रणामी मन्दिरको सभाहलमा आयोजित शिविरमा ७ सय बढी स्थानीय, ग्राहकहरुले सेवा लिएकोे…

Read More

मोरङ, २२ फागुन । मोरङको जहदा गाउँपालिका–४ लोहन्द्रा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका शम्भू यादवको छोरा १८ वर्षीय उपेन्द्र यादव रहेका छन् । आज दिउँसो २ बजे माछा मार्न गएका यादव पानीमा डुबेको स्थानीयले देखि कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा ३ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Read More

विराटनगर, २२ फागुन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ । आज आइतबार प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्रि राजेन्द्र कुमार राईलाई सुझावपत्र बुझाएको हो । ‘हरेक नामले महत्वपुर्ण भुमिका खेलेको हुन्छ’, सुझाव पत्रमा भनिएको छ, ‘नेपाल बहुभाषा, बहुसंस्कृति, बहुरीतिरिवाज, परम्परा, खानपान, विभिन्न भुगोलका साथसाथै आ–आफ्नै चाडपर्व र शैलीका कारण एउटा जात, भाषा, संस्कृति विशेषको नाम राख्दा प्रतिकुल महशुस गर्न सक्छ । त्यसैले सबैले गर्व गर्न सक्ने र अपनत्व महशुस गर्न सकिने खालको नाम राख्दा उचित हुन्छ ।’ नेपालको नाम विश्वमा चिनाउन सफल सबैले गौरव…

Read More

झापा, २२ फागुन । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आज म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय पाएको हो । १७ वर्षीया किशोरीले आफू पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि शाह पक्राउ परेका हुन् । फागुन १५ मा शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए । शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको छ।…

Read More

झापा, २२ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आगामी वैशाखको स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताए । स्थानीय तह निर्वाचन सार्न खोज्नु भएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘ अब म भन्न सक्दिन, त्यो पनि कुरा चलिरहेको छ ।’ प्रतिपक्षी दल एमालेले निरन्तर संसद अवरोध गरेकाले अब विघटनमा जानु नै उत्तम हुने उनको भनाइ छ । ‘ बैठकपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले भने अर्ली इलेक्सनमा जान नसक्ने धारणा राखे । आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा…

Read More

झापा, २२ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । २७८ जनाको पीसीआर परीक्षण गर्दा १८ र १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरी र धनकुटामा २–२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको पथरीशनिश्चरेमा ३, विराटनगरमा २, रंगेली, ग्रामथान, सुन्दरहरैचा र सुनबर्षीमा १–१, सुनसरीको इनरुवा र इटहरीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको त्रियुगामा १, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज…

Read More

बिर्तामोड, २२ फागुन । बर्तामोड नगरपालिकाले १ संस्थागत सहित १० जना श्रमिक महिलालाई सम्मान गरेको छ । ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले विभिन्न विधागतरुपमा श्रमिकहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वडा नम्बर १ कि वेदकुमारी कुमाल,वडा नम्बर २को पुर्वेली महिला नौमती बाजा समुह,वडा नम्बर ३ कि प्रतिभा राजवंशी,वडा नम्बर ४ कि थिरादेवि भट्टराई अधिकारी,वडा नम्बर ५ कि मंगलमाया केरुङ्ग,वडा नम्बर ६कि फुलमति करुवा,वडा नम्बर ७ कि गीता चौधरी,वडा नम्बर ८ कि लिला राजवंशी,वडा नम्बर ९ कि सुरजमुनि टुडु र वडा नम्बर १० कि वुद्वीमाया किस्कु रहनु भएको छ ।सम्मानित…

Read More