
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, २२ मंसिर । मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले खानामा विष मिसाएर खुवाएपछि ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ । विषसहितको खाना खाएका ७० वर्षीय भक्तबहादुर राईको अवस्था गम्भीर छ । स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोस अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । घरमा उनकी श्रीमती इन्द्रमाया राईसमेत बेहोस भेटिएकी थिइन् । बेहोस अवस्थामा रहेका दम्पतीलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा शनिबार राति इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उपचारमा रहेका भक्तबहादुरको अवस्था गम्भीर छ । प्रारम्भिक अनुसन्धानले खानामा…
झापा, २१ मंसीर । झापाको बुद्धशान्ति गाउँपालिका–३ दुई रिङगे टोलका ४५ वर्षीय कुलबहादुर थापा धान थ्रेसर मेसिनमा हात च्यापिएर गम्भीर घाइते भएका छन्। आज दिउँसो करिब ३ बजे छबिलाल न्यौपानेको धान थ्रेसर मेसिनमा धान झार्ने क्रममा थापाको दाहिने हात कुहिनामुनि छिनिएको प्रहरीले जनाएको छ । घाइते थापालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सो थ्रेसर मेसिनलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।
बिर्तामोड, २१ मंसीर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईले पार्टीको आन्तरिक चुनावलाई सौहार्दपूर्ण र मेलमिलापका साथ सम्पन्न गरी आगामी फागुन २१ गते हुने आम निर्वाचनमा उम्मेदवारलाई विजयी गराउन सबै नेता–कार्यकर्ताले योगदान दिनुपर्नेमा जोड दिनुभएको छ। झापामा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रसाईले कांग्रेसभित्र पुरानो पुस्ता, पञ्चायतकालमा संघर्ष गरेको पुस्ता, २०६२र०६३ को आन्दोलनबाट उदाएको पुस्ता तथा नयाँ पुस्ता गरी चार पुस्ता सक्रिय रहेको उल्लेख गर्दै सबैलाई समावेश गरेर मात्र पार्टी बलियो हुने धारणा राख्नुभयो। उहाँले निर्वाचित सभापतिमाथि आक्रमण हुनु, वीपी कोइराला र गणेशमान सिंहको निवास, किसुनजीको आश्रम तथा पार्टी कार्यालयमाथि भएको तोडफोडलाई सिंगो कांग्रेसमाथिको आक्रमण ठहर गर्दै आफ्नै…
मुम्बई, २१ मंसिर । चर्चित रियालिटी शो ‘बिग बोस १९’ अहिले अन्तिम चरणमा छ । शोका होस्ट सलमान खानले विजेताको नाम घोषणा गर्नेछन् । दर्शकहरू त्यो पलको प्रतीक्षामा छन् । शोको ट्रफीका लागि शीर्ष ५ जना प्रतिस्पर्धीहरूबिच कडा प्रतिस्पर्धा हुनेछ । सामाजिक सञ्जालमा अहिले फिनालेलाई लिएर फ्यानहरूमाझ ठुलो चर्चा परिचर्चा छ । समाचारका अनुसार ‘बिग बोस १९’ को ग्रान्ड फिनाले ७ डिसेम्बर, २०२५ (आज) हुनेछ । ओटीटीका दर्शकहरूका लागि जियो सिनेमा र डिज्नी लाइभ प्रसारण हुनेछ । टेलिभिजन दर्शकहरूका लागि कलर्स टिभीले राति १०ः ३० बजेबाट प्रसारण गर्नेछ । शोको सुरुवात २४ अगस्ट, २०२५ मा भएको थियो । सुरुमा शोमा…
टुथपेष्ट बिशेष गरी दाँत सफा गर्न प्रयोग गरिन्छ । यसले दाँतलाई चमकदार, सेतो र सफा गराउँछ । यति मात्र नभई टुथपेष्टले अन्य बिभिन्न कार्यहरुमा पनि फाइदाजनक हुने पाइएको छ । १. छालाको कुनै भाग पोलेमा यसलाई तुरुन्त लगाउने भने पोलेको भाग निको हुँदै जान्छ । २. टुथपेष्टलाई रातभरी त्वचामा लगाएर राख्नाले त्वचालाई चकमदार बनाउँछ । ३. कपडामा भएका दागहरु मेटाउनु छ भने यसलाई दाग भएको ठाउँमा लगाएर धुने गर्नाले कपडा सफा हुनुका साथै दागहरु मेटिन्छ । ४. तपाइँको घरमा सिसाको टेबल छ भने त्यसमा चिया तथा कफिका दागहरु टाँसिएर रहेको छ भने त्यसलाई टुथपेष्टले सफा गर्नाले टेबल सफा र चमक…
रौतहट, २१ मंसिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शनिबार दिउँसोदेखि अवरुद्ध भएको सडक खुलेको छ । शुक्रबार चन्द्रनिगाहपुर–गौर सडकखण्डअन्तर्गत मोथियाही पुल नजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले शनिबार चन्द्रनिगाहपुरमा आएर राजमार्ग अवरुद्ध गरेका थिए । शुक्रबार गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना३९प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो । बस मालिकले कानुनले तोकेको भन्दा बढी रकम नदिने अडान राखेपछि मृतकका परिवारले राजमार्ग ठप्प पारेका थिए । वृन्दावन नगरपालिकाका पूर्वनगर प्रमुख रामस्नेही रायले पीडित परिवारको अवस्था कमजोर भएकाले थोरै रकम थप्न अनुरोध गरेको बताए ।…
झापा, २१ मङ्सिर । झापाको कन्काई नगरपालिका–३ स्थित सव डिभिजन वन कार्यालय नजिकैको बाटो छेउमा ठूलो परिमाणमा अवैध माछा बरामद गरिएको छ। आज बिहान ११:२० बजे इ.प्र.का. सुरुङगाबाट खटिएको प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) सुबास ढुंगानाको नेतृत्वमा रहेको गस्ती टोलीले भन्सार छलि तथा क्वारेन्टाइन प्रक्रिया बिना ल्याइएको माछा फेला पारेको हो। बरामद गरिएको माछामा मुङरी, सिलन, रहु र बम्प्लेट जातका माछा गरी जम्मा ४१७ केजी रहेको प्रहरीले जनाएको छ। यसको अनुमानित मूल्य रु. १,५०,००० (एक लाख पचास हजार) रहेको छ। माछा बेवारिसे अवस्थामा भेटिएकोले कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय झापामा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ।
झापा, २१ मंसिर । आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५५५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
सुनसरी, २१ मंसिर । सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१३ स्थित साबिर ग्यारेजबाट १ सय ४९ किलोग्राम लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । मंसिर २० गते दिउँसो बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाडी ग्यारेजमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा र ओसार पसारमा प्रयोग भएको मे. १ ज २०१८ नम्बरको बोलेरो बरामद गरेसँगै संलग्न धनकुटा साँगुरीगढी गाउँपालिका-४ का ईन्द्र लिम्बु, जिपसन लिम्बु र ग्यारेज सञ्चालक भारतका साबिर आलमलाई समेत नियन्त्रणमा लिएको हो । यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीले मंसिर २० गते हरिनगर गाउँपालिका-२ भुटाहाबाट सोही स्थानका कैला अन्सारीलाई ६१ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । …
झापा, २१ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा, क्यानेडियन…