झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अर्जुनधारा, १३ कात्तिक । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य धर्मशीला चापागाईंले गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन आबद्ध सबै दलका कार्यकर्ता इमान्दार भएर मतदान गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिदै गएका बेला नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको कार्यालयमा आयोजित गठबन्धन दलका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि चापागाईले यो निर्वाचन प्रतिगामी शक्ति र अग्रगामी शक्तिबीचको लडाईं भएको उल्लेख गर्दै मतदान मार्फत प्रतिगामी शक्तिलाई परास्त गरेर जनआन्दोलनमार्फत प्राप्त ऐतिहासिक उपलब्धी रक्षा गर्न जनतालाई आह्वान गर्नुभएको हो । कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस प्रदेश नं–१ का सभापति उद्वव थापाले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई अत्यधिक…

Read More

झापा, १३ कात्तिक । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले छठ पर्व २०७९ को अवसरमा शुभकामना दिनुभएको छ । उहाँले आज शुभकामना सन्देश जारी गर्दै नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाउने पवित्र पर्व छठका अवसरमा प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । शुभकामना सन्देशमा भनिएको छ– तिहारको समापनसँगै कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ दिएर छठपर्व मनाइन्छ । मुख्यगरी षष्ठी तिथिका दिन मनाइने छठपर्व…

Read More

झापा, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । एक विज्ञप्ति जारी गर्दै भण्डारीले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन् । ‘प्रकृतिको पूजा गरिने यस पर्वका माध्यमबाट भौगोलिक, सामाजिक, तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु’ विज्ञप्तिमा भनिएको छ । साथै छठ पर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि सबैलाई प्रेरणा प्रदान होस् भनी भण्डारीले शुभकामना व्यक्त…

Read More

झापा, १३ कात्तिक । दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ५१ जनाको मृत्यु भएको छ । शनिबार राति हालविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ५१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये दुई जना विदेशी नागरिक पनि रहेका छन् । भागदौड किन मच्चियो भन्ने खुलेको छैन । कोरोना महामारीका कारण तीन वर्षसम्म हालविन इभ मनाउन नपाएका हजारौँ कोरियाली युवायुवती यसपालि निकै उत्साहका साथ सडकमा निस्केर इभ मनाइरहेका थिए । मध्यरातमा भएको भागदौडबाट ज्यान गुमाउनेमध्ये धेरैजसो युवायुवती नै रहेका खबरमा उल्लेख छ । कोरियाली सरकारले घटनाको छानबिन गर्न एक समिति…

Read More

झापा, १३ कात्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरिन् । त्यही…

Read More

झापा, १३ कात्तिक । भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको छ। यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। यी दुई सहरका किसानले हरेक वर्ष धान भित्र्याएपछि मलका रूपमा प्रयोग गर्न पराल डढाउने गर्छन्। विशेषगरी कात्तिक र मङ्सिर महिनामा पराल जलाउने गरिन्छ। तर यसबाट उत्पन्न हुने वायु प्रदूषणलाई न्यूनीकरण गर्ने विषयमा भने दुवै मुलुकबाट प्रभावकारी कदम चालिएको छैन। पराल जलाउने क्रममा दुर्घटनासमेत निम्तिने गरेका छन्। नासाले गरेको एक अध्ययनअनुसार गत वर्ष मात्रै पराल जलाउने क्रममा २२२ वटा दुर्घटना भएका थिए। यो वर्ष…

Read More

भद्रपुर, १२ कात्तिक । आगामी मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख प्रतिस्पर्धी दलका रूपमा रहेको लोकतान्त्रिक बाम गठबन्धनले झापा क्षेत्र नम्वर १ मा मतदाता भेटघाट अभियान सुरू गरेको छ । तिहार सकिए लगत्तै गठबन्धन सम्बद्ध प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको टोलीले झापा १ अन्र्तगत प्रदेश १ तथा २ ले आ—आफ्ना क्षेत्रमा पर्ने वडागत बस्ती बस्तीमा गएर मतदाता भेट अभियान तीव्र बनाएका हुन् । संघीय संसदका उम्मेदवार काँग्रेस महामन्त्री पार्टीको कामको शिलसिलामा राजधानी काठमाण्डौ भए पनि प्रदेशका उम्मेदवारले चुनावी अभियान तीव्र गतिमा सञ्चालन गरिरहेका छन् । झापा सदरमुकाम चन्द्रगढीदेखि उत्तरी झापाको बाहुण्डागीसम्म रफ्तारमा चलिरहेको मतदाता भेटघाट कार्यक्रममा प्रदेश…

Read More

झापा, १२ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार छपाइ भएका मतपत्रमध्ये कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ । प्रतिनिधिसभाका लागि एक सय ६५ र प्रदेशसभाका लागि तीन…

Read More

झापा, १२ कात्तिक । हात्तीबाट पाकेको धानबाली जोगाउन बाहुनडाँगीमा सात वटा साइरन जडित ट्र्याक्टर परिचालन गरिएको छ । भारतबाट दैनिक ५०–६० को सङ्ख्यामा नेपाल प्रवेश गर्ने हात्तीलाई धपाउन सीमानाकामा साँझ परेदेखि उज्यालो नभएसम्मका लागि साइरनसहितको ट्र्याक्टर परिचालन गरिएको हो । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका सीमा क्षेत्रको आलडाँगी, भोर्लेनी, बाहुनडाँगी भन्सार नाका, मिलनचोक, पुरानो नकलबन्द जाने बाटो, राइसिङ पुल र माता चोकमा एक–एक वटाका दरले ट्र्याक्टर राखिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए । विगत सात वर्षअघि प्रकृति संरक्षण कोषमार्फत गरिएको विद्युतीय तारबार भत्काएर हात्ती गाउँ पस्न थालेपछि गाउँवासी र अन्नबालीको सुरक्षाका लागि साइरन जडित ट्र्याक्टर परिचालन गरिएको अध्यक्ष कार्कीको भनाइ छ । विद्युतीय…

Read More

झापा, १२ कात्तिक । नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ प्रमुख दल कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘ संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो । अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्षहरू डा स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल, शिक्षाविद् डा कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला…

Read More