झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २९ कात्तिक । सङ्घीय संरचनामा पहिलो पटक भएको प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूको कार्यकाल पूरा भइसकेको छ तर उक्त निर्वाचनसँग सम्बन्धित कसुर र विवादका मुद्दाहरू भने अझै पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् । उम्मेदवारका अयोग्यता, पुनः मतगणना माग तथा अन्य विवादका मुद्दाहरू टुङ्गो नलागेका हुन् । सर्वोच्चमा प्रदेश सभा, प्रतिनिधि सभातर्फका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको विवाद र राष्ट्रिय सभासमेतका गरी दर्जनभन्दा बढी मुद्दा विचाराधीन छन् । नगन्य मात्र विवादमा फैसला भएका छन् । नेपाली कांग्रेस सङ्खुवासभाका उम्मेदवार दीपक खड्काले एमालेका निर्वाचित उम्मेदवार राजेन्द्र गौतमविरुद्ध दायर मुद्दा विचाराधीन नै छ । यस्तै एमालेका भगवती चौधरीले कांग्रेसका…

Read More

झापा, २९ कात्तिक । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ आकाशिएको छ। सरकारका नियमनकारी निकायका कर्मचारी निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोकेपछि सबै उपभोग्य वस्तुका भाउ महँगिएको हो। नेपाल खुदा व्यापार सयको तथ्याङ्कअनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ। सङ्घका अध्यक्ष पवित्र बज्राचार्यले पछिल्लो समयमा दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य बढेर आएको बताए । उनले भने, “पछिल्लो पटक खाने तेल, दाल, चामल मात्रै होइन, हरेक वस्तुको मूल्य बढेर आएको छ, कारण खोज्दा खासै भेटिँदैन, पछिल्लो महँगी निर्वाचनकै असर हो।” उनका अनुसार भारतले धान निर्यातमा यसअघि लगाएको २०…

Read More

झापा, २९ कात्तिक । ललितपुर कोन्ज्स्योसम गाउँपालिका–४ नल्लुकी टुकुमाया तामाङ ‘४ मंसिरमा निर्वाचन आउँदै छ’ भन्ने सुनेको तर ‘कसरी मतदाान गर्ने रु’ भन्ने’बारे जानकारी नभएको बताउँछिन् । ४२ वर्षको उमेरमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले पहिलोपटक मतदान गरेकी थिइन् । ‘४ गते चुनाव छ भन्ने वडाध्यक्षले भन्नुभयो तर कसरी भोट हाल्ने थाहा छैन, कति जनालाई भोट दिने भन्ने पनि थाहा भएन,’ उनले भनिन् । सोही वडाअन्तर्गत तल्लो नल्लुका हर्क गोले राजनीतिक दलका नेताकार्यकर्ता चुनावी प्रचारमा आए पनि मतदान गर्ने तरिका’बारे भने कसैले नसिकाएको बताउँछन् । उनी वैदेशिक रोजगारीबाट केही समयअघि मात्रै स्वदेश फर्किएका हुन् । ‘राजनीतिक दलका नेताकार्यकर्ता…

Read More

मेचीनगर, २९ कात्तिक । झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले जनताको एकमत पनि खेर नजाने गरी काम गर्ने विश्वास दिलाएका छन् । चुनावी घरदैलो अभियानका क्रममा सोमबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै शर्माले जनताले ठूलोभन्दा पनि साना कुराको अपेक्षा गरेको बताए । ‘जनताले स–साना कुराहरु खोजिरहेका छन्,’ उनले भने, ‘त्यसैले हामी गर्न सक्ने कुरा मात्र गर्छौं, नसक्ने कुराको हामी सपना बाँड्न आएको छैनौं ।’ नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका उम्मेद्वार शर्माले झापा क्षेत्र नं १ विकासलाई प्राथमिकतामा राखेर योजना बनाउने बताए । उनले मेचीनगर–७ वडाको विकासका लागि पुल, सिचाई, रिङरोड बनाउने योजना विगतदेखि चल्दै आएको बताए…

Read More

बिर्तामोड, २८ कात्तिक । बिर्तामोड नगरप्रहरीले राजमार्ग छेउमा फोहोर फाल्दै गरेको अवस्थामा कार पक्राउ गरेको छ ।आज साँझ बिर्तामोडको बसपार्क पस्ने स्थान नजिकै पुर्वपश्चिम राजमार्गको छेउमा फोहोर फाल्दै गरेको अवस्थामा एउटा कार पक्राउ परेको हो । घर तथा पसलबाट निस्किएको फोहोर बोरामा प्याक गरेर चालक सुजन कुमालले सडक छेउमा फाल्दै गर्दा बा ५ च ६६८६ नम्बरको मारुती सुजुकी कार पक्राउ गरीएको नगरप्रहरी कमान्डर किरण पाण्डेले जानकारी दिनु भयो । पक्राउ गरिएको कार नगरपालिकाको कार्यालयमा राखिएको छ । बिर्तामोड नगरपालिकाले सडक किनारमा जथाभावीरुपमा फोहोर फाल्नेलाई पक्राउ गरि कानून अनुसार जरिवाना गर्दै आएको छ ।

Read More

भद्रपुर, २८ कात्तिक । आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरी झापाका सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ । आज जिल्ला प्रशासन कार्यालय झापाले एक सूचना प्रकाशित गरी मिति २०७९ साल मंसिर १ गते बिहीबार रातको १२ बजेबाट मंसिर ४ गते आइतबार रातको १२ बजे सम्म भारतसँग सीमा जोडिएका सम्पूर्ण नका बन्द हुने जिल्ला प्रशासन कार्यालय झापाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Read More

झापा, २८ कात्तिक । आगामी निर्वाचनमा बदर मतको संख्या कम गर्ने उदेश्यले झापाको क्षेत्र न ४ मा सोमबार नमुना मतदान भएको छ । झापा क्षेत्र नं. ४ मा भएका व्यक्तिहरूले नमुना मतदान गरेका छन् । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने र बढ्दो बदर मत कम गर्ने उद्देश्यले मतदान अधिकृतको कार्यालय कनकाई नगरपालिकामा नमूना मतदान सम्पन्न गरिएको हो । नमुना मतदानमा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल, उप– प्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने लगायत २१ जनाले मतदान गरेका गरेका थिए । त्यसमध्ये कुनैपनि मत बदर नभएको आजका लागि मतदान अधिकृत जमुना कटुवालले जानकारी दिइन् ।…

Read More

भद्रपुर, २८ कात्तिक । झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेवार डम्बर गिरीले झापा क्षेत्र नं. ३ मा आफ्नो जीत सुनिश्चित भएको दाबी गर्नुभएको छ । झापाको भद्रपुरमा आज ‘युवा नेतृत्व र पुस्ता हस्तान्तरणमा युवाको भूमिका’ विषय कार्यक्रममा उम्मेदवार गिरीले अब मुलुकको नेतृत्वमा युवा जानुपर्ने र यस क्षेत्रको युवाहरुको साथ र समर्थन आफूलाई रहेकाले आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्नुभयो । ‘सोच बदलौं, परिवर्तनका लागि भोट बदलौं’ भन्ने मूल नारा लिएर चुनावी अभियानमा लाग्नुभएका उहाँले पुरानो पुस्ताबाट विकास र समृद्धि नहुने भएको उल्लेख गर्नुभयो । हल्दिबारी गाउँपालिकामा उपाध्यक्षको भूमिकामा रहेका बेला धेरै विकास र जनमुखी काम गरेको…

Read More

झापा, २८ कात्तिक । प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरू तत्कालै सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन् । सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन निर्माणमा भएको ढिलासुस्ती र आलटालका कारणले निर्वाचित भएर आउने सांसदहरूले नयाँ भवनबाट कार्यकाल शुभारम्भ गर्ने अवसर नपाउने भएका हुन् । यही आसन्न निर्वाचनबाट संघीय संसद्मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएर आउँदैछन् । सुरुको ठेक्का सम्झौता अनुसार संघीय संसद् भवनको संरचना २०७९ असोज १६ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। ठेकेदार कम्पनीको ढिलासुस्ती र समयमै साइट उपलब्ध नहुँदा अहिले संघीय संसद् भवनको भौतिक प्रगति ६० प्रतिशत…

Read More

झापा, २८ कात्तिक । कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढेको हो । पर्यटकको आगमन बढेसँगै विगत तीन वर्षदेखि सुनसान अवस्थामा रहेका यहाँका होटल भरिभराउ छन् । असोजदेखि कात्तिकसम्म मुस्ताङ घुुम्ने उपयुक्त समय भएकाले आन्तरिक र विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो । जोमसोममा रहेको एमोनाइट होटलकी सञ्चालक लक्ष्मी शेरचनले यसपालि पर्यटकको आगमन ह्वात्तै बढेको बताए । “विगतका वर्ष कोरोना महामारीका कारण पर्यटक आगमन शून्य भयो । यसपालि असोज पहिलो सातादेखि नै पर्यटक आउन थालेको छन्,” उनले भने…

Read More