झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ३० असोज । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले गठबन्धन दलका साझा उम्मेद्वारहरुलाई विजयी गराउन जिल्लास्तरमा अनुगमन तथा मूल्याङ्कन समिति र प्रचारप्रसार समिति गठन गरेको छ । राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको संयोजकत्वमा जिल्ला अनुगमन तथा मूल्याङ्कन समिति गठन भएको छ भने कार्यबाहक सभापति केशवराज पाण्डेको संयोजकत्वमा जिल्लास्तरीय निर्वाचन प्रचार–प्रसार समिति गठन भएको छ । अनुगमन समितिले जिल्लाका विभिन्न स्थानमा पार्टी कार्यकर्ताहरुले गरेको चुनावी गतिविधिको अनुगमन एवं मूल्याङ्कन गर्नेछ भने प्रचार–प्रसार समितिले क्षेत्र, प्रदेशसभा क्षेत्र र वडास्तरमा गठित प्रचार समितिसँगको समन्वयमा प्रचार–प्रसारको भूमिका निर्वाह गर्नेछ । त्यसैगरी बैठकले पार्टीका सबै जिम्मेवार पदाधिकारी, सदस्य, क्षेत्रीय प्रतिनिधि, क्रियाशिल सदस्य र भातृ…

Read More

झापा, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएको छ । आज बिहान ७ः०९ बजे जोशीको निधन भएको अस्पतालले जानकारी दिएको हो। जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो । डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो । उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको…

Read More

एजेन्सी । सन् १८८० को दशकको एक लिभाइस् जिन्स न्यू मेक्सिकोको सानो सहरमा लिलामीमा राख्दा ८७ हजार डलरमा बिक्री भएको छ । यो जिन्सको पाइन्ट आफूलाई ‘डेनिम पुरातत्त्वविद्’ भन्ने एक व्यक्तिले प्रयोगविहीन खानीमा फेला परेका थिए । र यसलाई २३ वर्षका काइल हाउटनर र जिप स्टीभेन्सनले किनेका छन् । स्टीभेन्सनले ‘लिलामी सुरु नभएसम्म जिन्स संयुक्त रूपमा किन्नेबारे कुनै योजना नरहेको’ बताउँदै अहिले फर्किएर हेर्दा रमाइलो लाग्ने बताए । जिन्सलाई परेको ८७ हजार ४०० डलरमध्ये ९० प्रतिशत हाउटनर र बाँकी १० प्रतिशत स्टीभेन्सनले किनेका थिए । यस जोडीले सम्भवतः हालसम्मकै धेरैमध्ये एक मूल्यमा उक्त जिन्स किनेका छन् । स्टीभेन्सनले लगभग तीन…

Read More

झापा, ३० असोज । यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो । ‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ’, जारी बुलेटिनमा भनिएको छ । नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । सरदरमा अक्टोबर २ तारिखका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा…

Read More

झापा, ३० असोज । राज्य आर्थिक रूपले स्वस्थ नभएका बेला सरकारी कोषबाट तलब खाने कर्मचारीको पेन्सनको अंक बढ्दा राज्यलाई आर्थिक भार थपिदै गएको छ। पेन्सनको अंक घट्नेभन्दा वर्षेनी बढ्दै गएकाले राज्य त्यसले थिचिँदै गएको छ। पेन्सनको अनिवार्य दायित्व घटाउन सरकारले कुनै त्यस्तो विशेष रणनीति तय गरेको छैन। विगतमा केही प्रयास सुरु भए पनि ती असफल भए। यसबाट राज्यलाई दीर्घकालसम्म पेन्सनको दायित्वबाट उम्कन कठिन हुने देखिएको छ। सामाजिक सुरक्षाअन्तर्गत पेन्सन राज्यको अनिवार्य दायित्व भए पनि त्यसवापत उसले कुनै प्रतिफल पाउन सकेको छैन । यो दायित्व घटाउने विशेष योजना सरकारले ल्याउन नसक्दा राज्यकोषको अबौं रकम पेन्सनका नाममा वर्षेनी खर्च भइरहेको छ। आर्थिक…

Read More

झापा, ३० असोज । सत्तारुढ गठबन्धनका मुख्य नेतासमेत रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन पटक आफूसँग पराजित माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिएका छन् । डडेल्धुरामा गठबन्धन नगरेर स्वच्छ प्रतिस्पर्धा गर्ने नेपाली कांग्रेस जिल्ला कार्यसमितिको निर्णय विपरित पछिल्ला तीन पटकका निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी रहेका भट्टलाई प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट गठबन्धनको उम्मेदवार बनाएका प्रधानमन्त्री देउवाले माओवादीसँग सहकार्य गरेर चुनाव जित्ने रणनीति बनाएका हुन् । प्रधानमन्त्री देउवाले मात्रै होइन, उनीसँग प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका नेपाली कांग्रेस ९विपी०का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पनि २०७४ सालको निर्वाचनमा आफूसँग प्रदेश सभा निर्वाचन क्षेत्र…

Read More

झापा, ३० असोज । भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको अवैध पटका सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको प्रहरीले जनाएको छ । तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्र्याइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएकाको हो । पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्रलाई देखेपछि फरार बनेका थिए । बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा पटका झापाको झापा गाउँपालिका९१ बाट बरामद भएको प्रहरीको भनाइ छ । सशस्त्र प्रहरी निरीक्षक विभूराज दाहालको नेतृत्वमा खटिएको टोलीले सात लाख ५० हजार मूल्य बराबरको पटका बरामद गरेको हो । त्यस्तै सशस्त्र प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिका९१ बाट शुक्रबार विभिन्न प्रकारका पटका बरामद गरेको छ…

Read More

झापा, ३० असोज । सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आचारसंहिता २०७९ अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी र सरकारी साधनस्रोत प्रयोग गर्न पाउँदैनन् । तर, सरकारका झन्डै १४ मन्त्री अहिले मन्त्रालयका विभिन्न साधनस्रोत र गाडीको दुरुपयोग गर्दै आप्mनो चुनाव प्रचार र घरदैलो गरिरहेका छन् । केही मन्त्रीले त राहतका नाममा चामलसमेत वितरण गरेर निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् । मन्त्रीहरूले मन्त्रालयबाट जिल्लामा जाँदा त्यसको जानकारी अनिवार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गराउनुपर्छ । जिल्ला भ्रमण गर्दा प्रधानमन्त्री कार्यालयबाट भ्रमण स्वीकृतसमेत गराउनुपर्छ तर अधिकांश मन्त्री जिल्ला…

Read More

बिर्तामोड, २९ असोज । झापामा २८ औं कण्डम दिवस मनाइएको छ । बिर्तामोड, २९ असोज । झापामा २८ औं कण्डम दिवस मनाइएको छ । आम्दा नेपाल बिर्तामोडको आयोजना र स्वास्थ्य कार्यालय झापा, बिर्तामोड नगरपालिका र लवकुश आश्रम भद्रपुरको सहकार्यमा दिवस मनाइएको हो । स्वास्थ्य कार्यालय झापाका एचआइभी/एड्स फोकल पर्सन विरेन्द्र दासको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । दिवसको अवसरमा बिर्तामोडको बोलबम पेट्रोल पम्पदेखि पश्चिम स्टेण्डसम्म ¥याली समेत आयोजना गरिएको थियो । विभिन्न एचआइभी÷एड्स सम्बन्धी सचेतनामूलक नारा, प्लेकार्ड, पोस्टर–व्यानरसहित ¥याली निकालिए थियो भने जनचेतनामूलक माइकिङ समेत गरिएको थियो । कार्यक्रम अन्तर करिब पाँच हजार कण्डम समेत वितरण गरिएको फोकल पर्सन दासले…

Read More

झापा, २९ असोज । झापाको शिवसताक्षी नगरपालिकामा आज बेलुका सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा सवार झापा शिवसताक्षी–९ का दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। राजमार्ग अन्तरगत माइधार–भालुखोला सडकखण्डको किरात चोकमा दुर्घटना भएको थियो । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।

Read More