
एजेन्सी । सन् १८८० को दशकको एक लिभाइस् जिन्स न्यू मेक्सिकोको सानो सहरमा लिलामीमा राख्दा ८७ हजार डलरमा बिक्री भएको छ । यो जिन्सको पाइन्ट आफूलाई ‘डेनिम पुरातत्त्वविद्’ भन्ने एक व्यक्तिले प्रयोगविहीन खानीमा फेला परेका थिए । र यसलाई २३ वर्षका काइल हाउटनर र जिप स्टीभेन्सनले किनेका छन् ।
स्टीभेन्सनले ‘लिलामी सुरु नभएसम्म जिन्स संयुक्त रूपमा किन्नेबारे कुनै योजना नरहेको’ बताउँदै अहिले फर्किएर हेर्दा रमाइलो लाग्ने बताए । जिन्सलाई परेको ८७ हजार ४०० डलरमध्ये ९० प्रतिशत हाउटनर र बाँकी १० प्रतिशत स्टीभेन्सनले किनेका थिए । यस जोडीले सम्भवतः हालसम्मकै धेरैमध्ये एक मूल्यमा उक्त जिन्स किनेका छन् ।
स्टीभेन्सनले लगभग तीन दशकदेखि लस एन्जलसिमा डेनिम मर्मत गर्ने पसल चलाइरहेका छन् र यत्रो अवधिमा उनले लिलामीमा खरिद गरेजस्तो जिन्स किन्न सकेका थिएनन् । ‘यी जिन्स अत्यन्त दुर्लभ हो । त्यसमाथि यति पुरानो भएर पनि यो अझै उत्कृष्ट अवस्था र आकारमै रहेको छ,’ स्टिभेन्सनले भने ।
स्टीभेन्सनले पाँच वर्षअघि अमेरिकाको पश्चिममा माइकल ह्यारिसले पत्ता लगाएकै समयमा यस जिन्सबारे सुनेका थिए । ह्यारिसले पाँच वर्षसम्म झण्डै ५० परित्यक्त खानीहरूमा पुराना जिन्स खोजेका थिए । तर धेरैमा उनले गुणस्तरीय जिन्स फेला पार्न सकेनन् । यस्ता केही जिन्समात्र अस्तित्वमा छन् र तीमध्ये अधिकांश सङ्ग्रहालयहरूमा राखिएका छन् ।
उनीहरुले अब यी जिन्सलाई अत्यन्त चासो राख्ने निजी खरिददारलाई बिक्रीको लागि प्रस्ताव गर्ने विचार गरेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


